१ माघ २०८१, मंगलबार | January 14, 2025

निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छ : ज्ञानेन्द्र कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पारेका हुन् ।

नेता कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराए ।

उनले त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि कांग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्र सम्भव हुने उद्घोष गरे ।

मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति नरहेको उल्लेख गरे ।

उनले भने, ‘मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो । अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ ।’

उनले गठबन्धनको स्थापनासँगै मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको उल्लेख गर्दै सम्भावित अस्थिरताको डरलाग्दो श्रृङ्खलाको भय पनि समाप्त भएको बताए । उनले भने, ‘मुलुक लिकमा फर्कियो । यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन् ।’

अहिले कांग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिंगो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको पनि उल्लेख गरे । उनले भने, ‘कांग्रेसको अगुवाइ र प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिंगो मुलुकले पनि स्वीकारेको छ । र, विश्वास गरेको छ । यो ऐतिहासिक अवसर पनि हो ।’

नेता कार्कीले जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवं दुरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको प्रष्ट पारे ।

गठबन्धनलाई फुटाउने, भत्काउने र अलमल्याउने अनेक प्रयास र प्रहार भएको उल्लेख गर्दै नेता कार्कीले अनेक प्रश्न, आशंका र अनुमान पनि उब्जिएको पनि बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ५८ बजे

तराई मधेस केन्द्रित दलबीच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक

परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्री फोनवार्ता, विपिनको रिहाइको पहलका लागि अपिल

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको

सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू

चौतारा। सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको

सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट