२३ भदौ २०८१, आइतबार | September 8, 2024

बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीय सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह



काठमाडौं । नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्दाले फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

प्रतिनिधिमण्डलले नुवाकोटको जल्दाबल्दा समस्या तुरुन्त समाधान गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकोे भेटमा डा।महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए ।

उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको औंल्याए ।
पूर्वमन्त्रीसमेत डा।महत ककनीमा कांग्रेसले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएर फर्कदा स्थानीयले फोहोरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याउन अनुरोध गरेका थिए ।

ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकामा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ । नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका माग तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : १५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर