३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलमा अखिल कप अन्तर कलेज भलिबल प्रतियोगिता २०७८ सुरु



बुटवलमा अखिल कप अन्तर कलेज भलिबल प्रतियोगिता २०७८ सुरु, उद्घाटन खेलमा लुम्बिनी वाणिज्य क्याम्पस विजय

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्ला स्तरीय अन्तर अन्तर कलेज भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घनटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकालले स्वर्गीय ढकालले लिएको सिद्धान्त अनुसार चल्न सके मात्रै उनीमाथि सच्चा सम्मान हुने उल्लेख गरे । नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले स्वर्गीय ढकालको जिवनीबाट सिक्दै विद्यार्थी आन्दोलन र संगठनलाई व्यवस्थित बनाउन सुझाव दिए ।

उद्घाटन समारोहमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम पन्थी, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी संयोजक सरोज पोखरेल, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी तथा रुपन्देही ईन्चार्ज बालकृष्ण पाण्डे लगायतले बोल्दै प्रतियोगिताले युवा विद्यार्थीहरुलाई खेलको माध्यमबाट चरनात्मक कार्यमा सहभागी गराएको उल्लेख गरे । स्वर्गीय ढकालकी धर्मपत्नी निर्मला केसी ढकाल, एमाले नेता बसन्त ढकाल, योग गुरुङ लगायतले बोल्दै रचनात्मक क्रियाकलापहरुमा युवा विद्यार्थीहरुको निरन्तरमा जोड दिए । यसैगरी अनेरास्ववियु केन्द्रीय सदस्य कृष्ण बस्याल, रुपन्देही अध्यक्ष शेशकान्त पोखरेल, उपाध्यक्ष भरत अर्याल तथा सचिव प्रकाश पराजुली लगायतले बोलेका थिए ।

जिल्लाका २१ समूह सहभागी प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी बाणिज्य क्याम्पसले जित दर्ता गरेको छ । लुम्बिनीले हरैया बहुमूखि क्याम्पसलाई २-१ को सेटमा जित दर्ता गरेको हो । बुटवल बहुमुखि क्याम्पसमा जारी प्रतियोगिताको उद्घाटन खेल नै रोमाञ्चक बनेको थियो । पहिलो सेटमा लुम्बिनीले २५-२१ अङ्कमा जित दर्ता गरेको थियो भने दोस्रो सेटमा हरैयाले २२-२५ र तेस्रो सेटमा २५-१६ अंकसहित वाणिज्य क्याम्पसले जित हासिल गरेको थियो । दुबैतर्फबाट समान १-१ सेट रहेको अवस्थामा अन्तिम सेट भने वाणिज्य क्याम्पसले आफ्नो पक्षमा पार्न सफल भयो ।

चैत्र १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उप विजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र पमाणपत्र प्राप्त गर्ने छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : १७ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको