३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शुद्धोधन गाउपालिका ९ औं फर्साटिकर कप २०७८ शनिबार उद्घाटन



बुटवल । शनिबार देखि फर्साटिकर कपको ९ अौ संस्करण हुने भएको छ ।

विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताए । टाईगर्स ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग मिलेको उनले बताए ।

यसैगरि संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम निर्माणको तयारी गरि ब्यवस्थित गर्न लागेको बताए । चैत १२ देखि २६ गतेसम्म फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि उपविजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैया नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष केसीले बताए । भैरव एफसी, झरना स्पोर्ट्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, फुलबारी गाईज, कालिका स्पोर्ट्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टिमले प्रचारप्रसार संयोजक टेकु भण्डारीले बताए। पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान रहेको छ । आठौ संस्करणको विजेता फुलबारी गाईज रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : २६ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको