६ आश्विन २०८१, आइतबार | September 22, 2024

महानगरविरुद्ध पोखरा उद्योग बाणिज्य संघ : प्रचार कर फिर्ता लिन माग



पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा होर्डिङ बोर्डको शुल्क लिने सूचना जारी गरेपछि पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएका छ । विज्ञापन करका लागि महानगरले निजी कम्पनीलाई ठेक्का दिएको छ । अब हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको होर्डिङ बोर्डको शुल्क लाग्ने भएको छ ।

ठेक्का पाएको कम्पनी साइन हव प्रालिले पसलहरुमा पत्र पठाएर शुल्क मागेको हो । ‘राज्यका निकाय र महानगरपालिकालाई व्यवसाय सहित अन्य कर तिरेर संचालन गरिरहेको छ । त्यसको प्रचार गर्न पाउनुपर्‍यो नि,’ संघका महासचिव सुरेन्द्रमान विजुक्छेले भने, ‘सामान्य होर्डिङ बोर्डको पनि पैसा तिर्नुपर्ने भएपछि व्यवसायीमाथी नै प्रहार गरिएको छ । यो तत्काल फिर्ता हुनुपर्छ ।’ चालु आर्थिक वर्ष २०७८/०८९ को लागि १ करोड ५ लाखमा साइन हवले विज्ञापन करको ठेक्का लिएको हो ।

संघले महानगरको सहमतिमा ठेकेदारले ज्यादती गरेको भन्दै ‘स्वेत आतंक’को संज्ञा दिएको छ । ‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ, दर्ता शूल्क, आयकर, व्यावसाय कर सहितका सबै कर तिरेका छौं,’ उनले भने, ‘कानूनले दोहोरो कर बर्जित गरेको छ ।

व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण हो ।’ संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : १२ बजे

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग

नेपालगन्ज नाका हुँदै दशैं मनाउन नेपाल फर्कनेको लर्को

नेपालगन्ज । नेपाल भारत सीमाको नेपालगन्ज स्थित जमुनाहा नाकामा नेपाल

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा

कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित

माओवादी केन्द्रको परामर्श बैठक सकिँदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन