३१ भदौ २०८१, सोमबार | September 17, 2024

खेल विकासमा नीतिगत बाधा



बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासमा नीतिगत समस्या देखिएको गुनासो गरेका छन ।

देश संघियतामा गएपनि ब्यवहारमा लागु हुन नसक्दा खेल क्षेत्र पछि परेको उनको गुनासो छ । बुटवलमा आईतबार प्रदेश भलिबल खेलाडी छनौट कार्यक्रममा बोल्दै उनले नीतिगत रुपमा नै संघिय सरकारले खेल क्षेत्रको विकासमा पारदर्शी रुपमा निर्देशन गर्नुपर्ने सुझाव दिए ।

धेरै प्रशिक्षकहरु संघिय सरकार अन्तरगत रहदा प्रदेश र स्थानिय खेलकुद गतिविधि गर्न कठिनाई भएको उनले आरोप लगाए । ‘कार्यविधि, कानुन, नियमावली अहिलेको खेल विकासको बाधक हो ।’- उनले भने । खेल क्षेत्रमा संस्थागत विकास र नितिगत योजनाको कमि देखिएको उनले दुखेसो गरे । खेलकुद विकासमा बजेटमात्र महत्वपूर्ण पाटो नभएको भन्दै सरोकारवालाहरुको भुमिका र आत्मविश्वासको खाचो उनले औलाए ।

अन्तराष्ट्रिय मन्चमा नेपालको गौरव बढाउने ओझेलमा परेको खेल क्षेत्रको विकासमा आफुहरु लागेको उनको दाबी छ । लुम्बिनी प्रदेश खेल पर्यटनको सम्भावना बोकेको प्रदेश भएको भन्दै उनले यसलाई प्राथमिकतामा राखेर गुरुयोजना तयारीमा लागेको दाबी गरे । लुम्बिनी प्रदेश खेलकुदमा उर्वरभुमि भएको दाबी गर्दै दिगो विकासको योजना अनुसार कार्ययोजना अघि बढाउने तयारीमा लागेको बताए ।

कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले खेल र पेशालाई एकआपसमा साजस्यता गर्न सके सफलता मिल्ने बताए । राष्ट्रका गहना खेलाडीहरुप्रति सरकारको सहि ढंगबाट लगानी नभएको गुनासो गरे । देशको राजनितिको कारण खेलकुदलाई निर्देश गर्ने संस्था लामोसमयसम्म नेतृत्व विहिन हुदा खेल र खेलाडीको भविष्य अन्यौलता भैरहेको बेला सहि समयमा सबै खेल क्षेत्रका ब्यक्ति समेटेर समिति गठन भएको दाबि उनको छ । समितिबाट दीर्घकालिन कार्ययोजना बनाएर खेल विकास गर्नेमा आशाबादी रहेको बताए ।

विद्यालयस्तरमा युवा खेलाडीहरुलाई उत्पादन गर्न सकिने सम्भावनालाई मध्येनजर गरि आवासिय सुविधा अघि बढाएको भन्दै यसमा ३ तहकै सरकारको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश सदस्य राजकुमार पाण्डे, रुपन्देही जिल्ला खेलकुद परिषदका कार्यवाहक कार्यालय प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : २९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित