६ आश्विन २०८१, आइतबार | September 22, 2024

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल



चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन्।

उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबारउद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए ।

सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताए । “यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार छु”, ढकालले भने, “अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।”

कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।

“आगामी दिन अझ कठिन हुन सक्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ”, ढकालले भने, “यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : २४ बजे

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ ।

‘भविष्यका लागि शिखर सम्मेलन’ का लागि विश्वका नेता न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ

अस्लेवा तराई सम्पर्क समाज गठन

बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ ।

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत