६ आश्विन २०८१, आइतबार | September 22, 2024

उद्यमशीलता विकासका लागि ऐन परिमार्जन हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेकोबताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको उनको भनाई थियो ।

रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनुपर्ने बताए । अर्थमन्त्री जनार्दन शर्मासमेत उपस्थित रहेको कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्यााए ।

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए।

उनले रोल्पाका व्यवसायीहरुले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए ।

“हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार हाल पोखरा, गैंडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकारलगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,” उनले भने, “रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौं ।”

ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ४४ बजे

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ ।

‘भविष्यका लागि शिखर सम्मेलन’ का लागि विश्वका नेता न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ

अस्लेवा तराई सम्पर्क समाज गठन

बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ ।

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत