११ मंसिर २०८१, मंगलबार | November 26, 2024

प्रदेश सरकारको विश्वविद्यालय सार्ने षडयन्त्र विरुद्ध तात्दै खजुरा, स्थानीय सरकारले जनायो आपत्ति



नेपालगन्ज । लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्ने सरकारको निर्णय विपरित प्रदेश योजना आयोगले खजुराबाट अन्यत्र सार्ने तयारी गरेको खबरकुरामा समाचार आएपछि खजुरामा स्थानीय सरकारको अगुवाइमा आन्दोलनको तयारी थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश विश्वविद्यालय अन्यत्र सार्न षडयन्त्र गरेको भन्दै खजुरा गाउँपालिकाले आपत्ति प्रकट गरेको छ । विश्वविद्यालयका लागि एक सय बिगाह जमिन कानूनी रुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट मार्फत खजुरामा लम्बिनी प्रदेश स्तरीय बिश्व बिद्यालय स्थापना गर्ने घोषणा गरेपनि प्रदेश योजना आयोगले दाङको देवचुली र कपिलवस्तुको बहादुरगन्जमा सम्भाब्यता अध्ययन थालेपछि खजुरा गाँउपालिकाले आपत्ति प्रकट गरेको हो ।

विश्वविद्यालयका लागि पालिकाले खजुरा गाउँपालिका वडा नंम्बर ८ रनियापुरमा एकसय बिगाह जमिन नापी गराई प्रदेश बिश्व बिद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नंम्बर ८ मा सर्वपक्षिय छलफल र निर्णण गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्पूण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाएका छन् ।

बाँकेमा बिगत देखिनै बिश्व बिद्यालयका लागि संघर्ष भएको र त्यसकै आधारमा र लुम्बिनी प्रदेशमा बिकासको समिकरण र सन्तुलन मिलाउदै राजधानी तथा क्षत्रीय स्तरका सरकारी कार्यालय गुमाउन पुगेको बाँकेले सौदाबाजीमै बिश्व बिद्यालय प्राप्त गरेको थियो ।
बिश्व बिद्यालयका लागि खजुरा गाउँपालिकाले गर्नुपर्ने सबै प्रकृया पूरा गरेरै अगाडी बढाईएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले बाँके वासीलाई चिन्तित बनाएको अध्यक्ष कक्षपतिले बताए । उनले सरकारी षडयन्त्रका विरुद्ध खजुरा गाउँपालिका संघर्षको चरणमा अगाडी बढेको समेत जानकारी दिए । कक्षपतिका अनुसार पालिकाले बिश्व बिद्यालयकै बिषयमा खजुरा स्थित राजनैतिक दलहरुसंग छलफलगरी संघर्ष समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

सो सम्बन्धमा खजुरा गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै कुनैपनि बहानामा बिश्व बिद्यालय सार्ने कुरा गर्नु घातक हुने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले खजुराले गर्ने सबै प्रकृया, बिधि पूरा गरेकाले कार्यान्वयनमा जानुको सट्टा जालझेल गर्नु आपत्तीजनक भएको बताए । उनले प्रदेश बिश्व बिद्यालयको लुम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको खजुरामा योजना आयोगले धरातल नहेरी बिभिन्न बहानाबाजी गर्दै अन्यत्र सार्ने प्रयास गर्नु गैर कानूनी भएको उल्लेख गरे ।

प्रदेश योजना आयोगको ६ महिने प्रगतिको प्रतिवेदन सार्वजनिक गर्न आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुरा विश्वविद्यालयका लागि अनुपयुक्त रहेको बताएका थिए । उनले दाङको देवचुली र कपिलवस्तुको बहादुरगन्जमा सम्भाब्यता अध्यन भइरहेको समेत खुलासा गरेका थिए ।

प्रादेशिक बिश्व बिद्यालयका सन्दर्भमा बाँके र बर्दिया स्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला निकायसंग अन्तरक्रियाको तयारी गरिरहेको छ ।

 

 

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ६ : ५४ बजे

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा