३१ भदौ २०८१, सोमबार | September 17, 2024

बाँके जिल्ला लिग फुटबल : युनाइटेड युथ क्लब विजयी



नेपालगन्ज । बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार युनाइटेड युथ क्लबले जित हासिल गरेको छ ।

युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ । युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश बमले समान १–१ गोल गरे । विभुषणले ३५ औं  र ४५ औं मिनेटमा गोल गरेका थिए । संजयले ३२ औं र प्रकाशले ६८औं मिनेटमा गोल गरे । यसैगरी आइतबारको अर्को खेलमा बुद्ध युवा क्लब र मोडेल टिमबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बुद्धको तर्फबाट रितेश सिंह ठकुरीले गोल गरेका थिए भने मोडेलका अनिस कुमार सुनारले एक आत्मघाती गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित