२३ भदौ २०८१, आइतबार | September 8, 2024

बाबुराम भट्टराईले प्रचण्डलाई भने- एमसीसी पारित गर्न नसघाउने भए तत्काल सरकार छाड्नुहोस्



काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता पास नगर्ने भए माओवादी केन्द्रले तत्काल सरकार छाड्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै लिएर भट्टराईले एमसीसी पास गराउन सहयोग नगर्ने भए सरकारमा बसिरहनुको कुनै औचित्य नभएको पनि बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले संसद्‌बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिए ।

एमसीसी सम्झौता संसद्‌मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने भट्टराईको भनाइ छ ।

‘कि त तपाईंले यसलाई साथ दिनोस् । १३८ (सांसद संख्या) पुर्‍याएर पारित गर्नोस्। होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन। पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ,’ भट्टराईले प्रचण्डको नाम लिँदै भने ।

आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागिपरेको पनि भट्टराईको भनाइ छ । मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले एमसीसी पारित गरेर जानुपर्ने भट्टराईको तर्क छ ।

एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए ।

‘यो एमसीसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आइपर्दैछ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ । यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ,’ भट्टराईले भने ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिका लगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ३० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर