२२ कार्तिक २०८१, बिहिबार | November 8, 2024

पवनको स्केट सपना : तिलोत्तमामा दक्षिण एशियाकै पहिलो स्ट्रीट स्केट पार्क



बुटवल । तिलोत्तमा नगरका सिमानगरमा बस्ने पवन कामुमगर (पप्पु) १४ वर्ष भए । जनजागृति मावि ६ कक्षा पढ्ने उनि पछिल्लो एक वर्षदेखि स्केट सिक्दैछन । छोटोसमयमा नै उनि स्केटका विभिन्न कलाहरु देखाउन माहिर छन । उनि १८०, ३६०, वालि, ड्रप लगायतका कला सिक्दैछन । स्केटलाई एउटा खुट्टासंगै उठाउदै तलमाथि गर्ने कला नै वालि हो । भविष्यमा स्केट खेलबाट नै नेपालबाट प्रतिनिधित्व गरेर ओलम्पिक पुग्ने उनको सपना छ ।

६ वर्षदेखि स्केट खेलमा लागेका काभ्रेपलान्चोकको विजय तामाङले पनि स्केटमा नै भविष्य देखेका छन । उनि अहिले काठमाडौं सहित विदेशमा भएका स्केट खेलमा भाग लिदै आएका छन । शुरुवाती चरणका खेलाडीहरुका लागि स्केट बोर्ड भए पुग्ने उनले बताए । जसको मुल्य न्युनतम ४ हजार रुपैयामा पर्छ । ‘यसबाहेक सेफ्टि गियरहरु समेत आवश्यक पर्छ ।’– उनले भने ।

यता काठमाडौंका समीक्षा राई (एके लोरिन) पनि स्केटमै भविष्य देखेका छन । उनि ४ वर्षदेखि स्केट खेलमा आवद्ध छिन । स्केट खेल्ने र सिकाउने अभियानमा नेपालबाट नया पुस्ता सिकाउने र प्रचारमा लागेकी उनि अहिलेसम्म ईन्डिया, जर्मन, पर्चुगल, स्पेन, फ्रान्स पुगेकी छन । उनि छिमेकी राष्ट्र भारतमा भएको प्रतियोगितामा जित समेत हासिल गरेकी बताउँछिन । विश्वभरका देशहरुमा स्केट एड संजाल र नेपालमा स्केट एड नेपालले खेलको विकासमा भौतिक र प्राविधिक सहयोग गर्दै आएको छ । नेपाल स्केटिङ एण्ड स्केट बोर्ड एशोसिसयनमार्फत स्केट जात्रा लगायतका धेरै प्रतियोगिताहरु गर्दै आएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं ४ को तिलोत्तमा नदी उकास क्षेत्रमा पछिल्लो ३ महिनादेखि स्वदेशी तथा विदेशी युवाहरुको जमघट हुने गरेको छ । रुपन्देही, काठमाण्डौ, चितवनका स्वदेशीमात्र संगै जापान, स्पेनका युवाहरु श्रमदानमा लागेका छन । मरुभुमी जस्तो ठाउमा उनिहरु सिमेन्ट, बालुवा, गिटी, फलाम बोक्दै विभिन्न आकृतिका पुर्वाधार बनाइरहेका छन । छेउमा एउटा सानो टहरा पनि छ । श्रम गरेर थाकेपछि केहीबेर सबैजना विश्राम गर्छन ।

विश्वभरका युवालाई जोडने काम गरेका छन बुटवलका जागृत पहाडीले । पहाडी स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष हुन । सन २०१३ देखि स्केट खेलमा आर्कषित भएका पहाडी यो खेलमार्फत विश्वलाई जोड्ने अभियानमा लागेका छन । देशमा युवा पुस्तालाई खेलमा लाग्न उनले रुपन्देहीमा आधार तयार गर्दै छन । स्केटिङ खेल र युवा खेलाडीको उत्पादनको लक्ष्यसहित रुपन्देहीमा स्ट्रीट स्केट पार्क निमार्णमा उनि जुटेका छन । देशभित्र र बाहिरका खेल अभियन्ताहरुको सहयोगमा स्केटिङ मैदान निर्माण भईरहेको छ । तिलोत्तमामा बन्दै गरेको पार्क दक्षिण एशियाकै समुदाय स्तरबाट बन्दै गरेको पहिलो पार्क भएको उनले दाबी गरे । करिब २.५ करोड रुपैयाको गुरुयोजना तयार गरेर सन २०२३ सम्म सक्ने योजना रहेको उनले बताए । एकवर्षअघिदेखि जग्गा प्राप्तिको पहलमा केही समय ढिलाभएको भन्दै श्रोत जुटाउदै काम अघि बढेको उनले जानकारी दिए ।

‘पहिलो चरणको ८० प्रतिशत काम सकिएको छ ।’– उनले भने, -‘फ्रान्स, जर्मन, स्पेन, जापान, भारतका खेलाडी तथा संघसंस्थाहरुको आर्थिकका साथै भोलिन्टियर रुपमा सहयोग समेत भएको छ ।’ पार्क निर्माणमा ४० लाख रुपैया खर्च भएको छ । पहाडीका अनुसार करीब ३ महिनाको अवधिमा अहिलेको पहिलो चरणको पुर्वाधार तयार भएको छ ।

ईन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर नामाकरण गरेर १० कठ्ठा क्षेत्रफलमा ३ चरणमा सक्ने गरि योजना डिजाईन भएको पहाडीले बताए । जहाँ ३ वटा प्रशिक्षण स्थल, पुस्तकालय, खेलाडी÷प्रशिक्षकलाई आवासिय पुर्वाधार निमार्ण गरिने उनले बताए । ‘खेलाडीमात्र नभई दक्ष प्रशिक्षकहरु उत्पादन गर्ने थलोको रुपमा यसलाई तैयार गर्दैछौ ।’–उनले बताए ।

फ्लाट, अव स्टेकल, बाउल (कचौरा) टाईपको ग्राउण्ड निमार्ण भैसकेको छ, जहाँ खेलाडीहरु मोभमेन्टहरु सिक्ने, ट्रान्जिकसन सिक्ने काम हुन्छ । यहाँ निशुल्क खेल सिकाउने व्यवस्था गरिने उनले जानकारी दिए । पहाडी सहितको टोलिले स्केटसंगै साईक्लिङ, बास्केटबल, भलिबल लगायतका खेलकुद खेल्ने स्थानका रुपमा विकास गर्ने लक्ष्य राखेका छन् । सो पार्क निर्माणमा अन्तराष्ट्रिय ६० जना बढी भोलिन्टयरहरुको पनि सहयोग भौतिक सहयोग भएको भएको उनले बताए ।

नेपालले दक्षिण एशियाली प्रतियोगितामा प्रतिनिधित्व गरिसकेको स्मरण गर्दै उनले युवा खेलाडीहरुलाई प्रशिक्षण स्थलको अभावलाई मध्यनजर गरि अभियानको रुपमा शुरु गरिएको बताए । दक्षिण एशियाली राष्ट्रमा स्केट खेलमा नेपाल पहिलो नम्बरमा रहेको पहाडीको दाबी छ । ‘पुर्वाधार र राम्रो प्रशिक्षण दिनसके नेपाली खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिता जाने बाटो खुल्ने छ,’ उनले भने,-‘नया युवा पुस्ता जो स्केट सिक्न चाहन्छन उनिहरुका लागि धेरै लाभदायक हुने छ ।’

स्ट्रीट स्केट पार्क निमार्णमा प्राविधिक र आर्थिक सहयोग गर्दै आएका स्पेनका खेलाडी तथा प्राविधिक ईन्जिनियर ग्याबरियल सोमासन्तोषले खेलमार्फत युवाहरुलाई जोड्ने माध्यमका रुपमा पार्क भएको बताए । अन्तरराष्ट्रिय स्केट विकासमा लागेको स्केट एडमार्फत विश्वभर नै खेल विकासमा लगानी भैरहेको उनले बताए । ‘स्केटले कति खुशी दिन्छ भन्ने कुरा केवल खेल्नेले मात्र अनुभव लिने सक्छ ।’–उनले भने । बच्चाहरु पटकपटक लड्दै सिक्दै जाने प्रक्रिया भएको भन्दै सिकेपछि जुन ट्रिक देखाउन पाउदा उनिहरुमा उत्साह जाग्ने उनले बताए ।

यो खेलमा सेफ्टि गियर अनिवार्य रहने उनले बताए । शुरुवातमा सिक्दा चोटपटक लाग्नसक्ने भएकाले पनि सुरक्षा सावधानी अप्नाउनु जरुरी रहेको उनले बताए । व्यावसायिक स्केट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नेपालमा यो अभियान शुरु भएको हो । उनले भने । नेपालमा हाल काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडीहरु छन ।

 

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : ४८ बजे

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’

दोलखामा ४.५ रेक्टरको भूकम्प

काठमाडौं । दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा

कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक