५ मंसिर २०८१, बुधबार | November 20, 2024

बुटवलको जितगढीमा उजिरसिंह कमाण्डका १३ योद्धाको शालिक अनावरण



बुटवल । सन १८१४ देखि १८१६ सम्म भएको अंग्रेजसँग लडेर जित हाँसिल गरेको गढी जितगढी किल्लामा तत्कालिन युद्धमा बिरता प्रदर्शन गर्ने सैनीक योद्धाहरुको शालिक स्थापना गरिएको छ ।

रुपन्देहीको बुटवल अवस्थित नेपाल(अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण स्थापना गरिएको हो । सन १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र ईस्ट ईण्डिया कम्पनी सरकारका सेनाहरुसँगको भिडन्तमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको स्थलमा तत्कालिन कर्णेल उजिरसिंहका पालाका सँगै लड्ने १३ सेनाका अर्धकदका शालिक निर्माण गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले निर्माण गरेको शालिकको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एक समारोहका बीच अनावरण गरे । अनावरण समारोहमा बोल्दै विश्वकर्माले जनप्रनिनिधिहरु आएपछि ओझेलमा परेको जितगढीले मुहार फेदिदै गएको बताए । जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले संरक्षण तथा प्रचार प्रसार गरिनुपर्ने उनले बताए ।

अतिक्रमणको चपेटामा परेको किल्ला क्षेत्रमा उपमहानगरले तीन बिघा जग्गा संरक्षण गर्दै गुरुयोजना बनाएर संरक्षण, सम्बर्द्धन र बिस्तारका काम सुरु गरेको छ । गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियां, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियां र जुठे बस्नेतको सालिक निर्माण गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

किल्लामा आकर्षक पार्क सहित झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण गरेर सबैको आकर्षणको केन्द्र बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्वमा युद्ध लड्न आएका अँग्रेज फौजलाई कर्णेल उजिर सिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुईपटक सम्म पराजित गर्दै गोरखपुर सम्म लखेटेको थियो । कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बत सम्मको व्यापारी नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरु गरेको थियो ।

ऐतिहाँसिक महत्व रहेको किल्लामा अतिक्रमण बढेको र ओझेलमा पारिएको समाचारहरु लगातार सञ्चारमाध्यममा आएपछि उपमहानगरले गढी संरक्षणमा चासो देखाएको थियो ।

किल्ला संरक्षणमा बटौली संरक्षण समिति र नेपाली सेनाले बुटवल उपमहानगरलाई समवन्य गर्दै सघाएको संरक्षण समितिको अध्यक्ष रबिन्द्र गोपाल लाकोलले बताए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ४ : ५१ बजे

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका-६ रजस्थलका एउटै व्यक्तिले चार सय

रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा

झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला

एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस

काठमाडौं । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा