२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

मधेसमा दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै, सार्वजनिक लेखा समिति पनि सत्तारुढको भागमा



जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन् ।

सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो । सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन् ।

कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन् ।

एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्रोतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार उम्मेदवारी परेको हो ।

समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसकेका छन् ।

 

लेखा समिति सत्तारुढकै पोल्टामा, प्रतिपक्षीको विरोध

संसदीय व्यवस्थामा संसदको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले लिने प्रचलन छ । प्रदेश सभामा पनि सोही अभ्यास भइरहेको छ ।

तर, प्रदेश २ मा सत्तारुढ दलले नै सार्वजनिक लेखा समितिको सभापति पाउने भएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व पाउनुपर्ने लोसपाका प्रमुख सचेतक परमेशर साहले बताए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : १३ बजे

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

काठमाडौं । सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा