काठमाडौं । नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण खेलको १० औं मिनेटमै सुजल श्रेष्ठले कर्नर किकलाई गोलमा बदल्दै नेपाली टिमलाई अग्रता दिलाएका छन् ।
लगत्तै किरण चेम्जोङले मौरिससको पेनाल्टी रोकेर चमत्कार गरेका छन्, मौरिससको खेल बराबरी बनाउने सम्भावनालाई नामेट तुल्याएका छन ।
शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १-० ले पराजित गरेको थियो ।
नेपालबाट अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, एरिक विष्ट, पुजन उप्परकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नविन गुरुङ र कप्तान किरण चेम्जोङ मैदानमा छन् ।
प्रतिक्रिया