२ माघ २०८१, बुधबार | January 16, 2025

बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा नेपालमा चीन विरोधी गतिविधि बढ्दै, दुई देशबीचकै सम्बन्धमा असर पर्नसक्ने



काठमाडौं । यतिबेला विश्वभरीको ध्यान छिमेकी मित्रराष्ट्र चीनतिर खिचिएको छ । खेलको महाकुम्भ शीतकालीन ओलम्पिक अबको चार दिनमा चीनको राजधानी बेइजिङमा सुरु हुँदैछ । बेइजिङ ओलम्पिकलाई भव्य रुपमा सम्पन्न गर्न चीनले सबै प्रकारको तयारी पुरा गरेको छ ।

विश्वका सयौं खेलाडी र अफिसियलहरु चीनको राजधानी बेइजिङ पुगेका छन् । फेबु्रअरी ४ अर्थात माघ २१ गते हुने ओलम्पिकको भव्य उद्घाटन सत्रमा कैयौं मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख र कुटनीतिज्ञहरुले समेत भाग लिँदैछन् । तर, अमेरिका लगायत उसको धुरीमा रहेका केही देशले बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार गरेका छन् । यद्यपी, उनीहरुका खेलाडी र अफिसियलहरु भने ओलम्पिकमा भाग लिँदैछन् । आफ्नो विदेश नीतिको स्वार्थ पुरा गर्न खेललाई राजनीतिकरण गरेको अमेरिका र अन्य चीन विरोधी मुलुकहरुद्वारा पालित कतिपय संस्था र व्यक्तिहरुले भने बेइजिङ ओलम्पिक बहिस्कार अभियान संचालन गरिरहेका छन् ।

एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपाली भूमिबाट पनि यतिबेला चीन विरोधी गतिविधि बढेको छ । चीन विरोधी देशको प्रत्यक्ष सहयोगमा संचालनमा रहेका केही व्यक्ति र संस्थाहरुले नेपालबाट अहिले लगातार चीन विरोधी गतिविधि गरिरहेका छन् । विगतमा चीनमै २००८ मा भएको बेइजिङ ओलम्पिकको समयमा पनि नेपालबाट चीन विरोधी गतिविधि भएको थियो । नेपालमा बसोबास गर्ने र बाहिरबाट आयातित स्वतन्त्र तिब्बत पक्षधर मानिसहरुले त्यतिबेला प्रदर्शन गरेका थिए । अहिले पनि बेइजिङ ओलम्पिककै समय पारेर केही व्यक्ति र संस्थाहरुले चीन विरोधी गतिविधि बढाएर नेपाल चीन सम्बन्धलाई नै प्रभावित पार्न खोजेका छन् ।

नेपाली भूमि कुनै पनि छिमेकी मुलुक विरुद्ध प्रयोग हुन नदिने नेपालको घोषित नीति हो । नेपाल र चीनबीच रहेको हार्दिक र मैत्रिपूर्ण सम्बन्ध पछिल्ला केहीवर्ष यता रणनीतिक रुपमै अघि बढेको थियो । यही सम्बन्धलाई समेत प्रभावित पार्ने गरी नेपाली भूमिबाट विभिन्न नाममा बढिरहेको चीन विरोधी गतिविधिले कुटनीतिक स्तरमै प्रभावित पार्न सक्ने आंकलन गरिएको छ ।

एकातिर लामो समयदेखि सरकारले चीनमा राजदूत रिक्त राखेर उप्रति कम चासो देखाएको देखिएको छ भने अर्कोतिर एकपछि अर्को गर्दै बढिरहेको चीन विरोधी गतिविधिले झन ठूलो समस्या निम्त्याउन सक्ने देखिएको छ । नेपालसँग सधैंभर शान्त र मित्रवत् व्यवहार गरिरहेको चीनका लागि नेपालबाट भैरहेका गतिविधि चिन्ताजनक भएको कुटनीतिक विश्लेषकहरुले बताएका छन् । चीनमा राजदूत खाली राखेर नेपालले पहिल्यै उसलाई चिन्तित बनाएको कुटनीतिक विश्लेषक एवं त्रिभुवन विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख डाक्टर खड्क केसी बताउँछन् ।

नेपाली भूमि प्रयोग गरेर चीन विरुद्ध सशस्त्र गतिविधि गरेका अमेरिकी खुफिया एजेन्सी सीआईएद्वारा प्रशिक्षित खम्पाहरुलाई तत्कालिन राजाको निर्देशनमा दबाइएको थियो । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै त्यसलाई बिगार्न प्रयत्न गरेको शक्ति त्यतिबेला असफल भएको थियो । तर, अहिले चीन विरोधी गतिविधि गर्नका लागि नेपाल सजिलो ठाउँ बनेको देखिएको छ ।

डा. खड्क केसीका अनुसार समकालीन शासकहरुमा विगतमा शासकमा जस्तो आँट नै छैन । राज्यको नेतृत्वमा बस्नेहरुले आफ्नो देश कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग गर्न दिँदैनौं भनेर व्यवहारमा समेत सिद्ध गरेर देखानुपर्नेमा त्यस्तो नभएको डा. केसी बताउँछन् । ‘नेपाललाई अहिले सापेक्ष रुपमा सुरक्षित ठानेर ति मान्छेहरुले गतिविधि बढाएका हुनसक्छन्’ केसी भन्छन्, ‘आफ्नो देश विरुद्ध नेपालबाट भैरहेको गतिविधिप्रति चिनियाँहरु निकै चिन्तित र संवेदनशील बनेको हुनसक्छन् । दुई देशबीचको सम्बन्धमै अप्ठेरो पर्नसक्ने गतिविधिलाई नियन्त्रण गर्नसक्ने आँट नेताहरुले बेलैमा देखाउनुपर्छ ।’

 

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ११ : ५७ बजे

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण

बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा