२ पुस २०८२, बुधबार | December 17, 2025

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी



न्युयोर्क । मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।

मंगल ग्रहको व्यास चार हजार २२० माइल्स (६,७९१ किलोमिटर) छ । जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स (१२ हजार ७५५ किलोमिटर) छ ।

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ) अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ । एजेन्सी

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ४६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको