काठमाडौ । बहराइनस्थित मनी एक्स्चेन्ज कम्पनी एनइसी मनी एक्स्चेन्ज र जिएमई रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।
उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसी मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनोले हस्ताक्षर गरेका छन् ।
एनइसी मनी एक्स्चेन्जका बहराइन स्थित २१ वटा शाखा बाट सजिलै सँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।
यस सम्झौताअन्तर्गत नेपाल मा जिएमइ रेमिटसँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ ।
साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real time deposit गर्न सकिने र यसका साथै Ime Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।
जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
प्रतिक्रिया