२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

नेपालले भारतलाई भन्यो – महाकाली पूर्वको भूभाग नेपालको हो, सडक विस्तार कार्य रोक



काठमाडौं । नेपाली भूमिमा भैरहेको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न सरकराले भारतलाई आग्रह गरेको छ ।

दार्चुलाको लिपुलेक क्षेत्रमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा पुगेर भाषणा गरेपछि नेपालभित्र व्यापक विरोध भएपनि सरकार अहिलेसम्म चुप बसेको थियो । तर, आइतबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै एकपक्षीय निर्माण रोक्न भारतलाई आग्रह गरेका छन् ।

कार्कीले महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेका छन् ।

‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हुन्’, मन्त्री कार्कीले भने, ‘त्यहाँ कुनै पनि किसिमका एक पक्षीय पूर्वाधार रोक्न नेपाल सरकारले भारत सकारलाई आग्रह गर्दै आएको छ।’

कार्कीले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अुनसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाण र सम्झौताका आधारमा गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

भारतका प्रधानमन्त्री मोदीले गत पुस १७ गते लिपुलेकमा बनिरहेको सडकलाई विस्तार गरिने बताएका थिए । त्यसपछि नेपालमा उनको अभिव्यक्तिलाई लिएर विरोध भएको थियो । भारतले बारम्बार नेपाली भूमि अतिक्रमण गर्दा पनि चुप बसेको भन्दै सवत्र्र आलोचना भएपछि सरकारले बल्ल प्रतिक्रिया जनाएको हो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ४ : १९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर