काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।
यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।
उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’
पृथ्वी जयन्ती:
भारतीय प्र.म.मोदीले नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ।
पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाह प्रति सम्मान गरौं। बिदेशी अतिक्रमणबाट देशलाई जोगाअौं।
जय नेपाल। pic.twitter.com/IDV6gZaoP7— Dhan Raj Gurung (@dhanrgrg) January 11, 2022
प्रतिक्रिया