१ पुस २०८२, मंगलबार | December 16, 2025

अन्ततः बागमती प्रदेशमा माओवादी चुनावबाटै नेतृत्व छान्दै : ९ पदमा २७ जनाको उम्मेदवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

सोमबार जारी चुनावी प्रकृयामा अध्यक्षसहितका ९ पदमा २७ जनाको उम्मेदवारी परेको छ । मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा निर्वाचन कार्यक्रम जारी छ ।

२९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् ।

अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ ।

प्रदेश अध्यक्षसहितका पदाधिकारी सर्वसम्मच चयन गर्ने प्रयास असफल भएपछि माओवादीले निर्वाचन मार्फत टुंगो लगाउने निर्णय गरेको थियो ।

नेतृत्व चयनका लागि माओवादीमा निर्वाचन हुने गरेको छैन । पछिल्लो पटक हेटौंडा महाधिवेशनपछि आज पहिलो पटक निर्वाचन हुन लागेको जनाइएको छ । अन्य प्रदेशमा समेत अध्यक्षसहित पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज