२० पुस २०८१, शनिबार | January 4, 2025

साफ यू-१९ महिला फुटबल : आज नेपाल बंगलादेशसंग भिड्दै



काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।

नेपाल र श्रीलंकाबीचको खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ ।

श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । नेपाललाई हराएर श्रीलंका पहिलो अंक जोड्ने चाहन्छ ।

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : १९ बजे

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा

काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने

आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

काठमाडौं । आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

१६ वर्षपछि भाइ बुहारीको हत्यारा पक्राउ

रौतहट । रौतहट स्थित आफ्नै भाई बुहारीको हत्याको आरोपी १६

तिलोत्तमा उद्योग वाणिज्य संघ र भलाई कोषबिच सम्झौता

बुटवल । दुर्घटना न्युनीकरणका लागि संघसंस्थासँग सहकार्यको अभियान चलाइरहेको यातायात