१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन ?



बुटवल । नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन ।

२५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो । तर, बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेको छैन ।

तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका हुन् । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन् । यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेका छन् ।

उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज