२५ चैत्र २०८१, सोमबार | April 8, 2025

सातौं धारा नेपालगञ्ज म्याराथन : बढ्यो पुरस्कार राशी



नेपालगञ्ज । सातौ धारा नेपालगञ्ज म्याराथनको पुरस्कारमा बृद्धि गरिएको छ । म्याराथन सञ्चालन हुन २ दिन बाँकी रहँदा आयोजकले पत्रकार सम्मेलन मार्फत पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो ।

बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा नेपालगञ्ज म्याराथनका संस्थापक⁄अध्यक्ष टीएस ठकुरीले बृद्धि गरिएको नगद पुरस्कार घोषणा गरे ।

नयाँ निर्धारण भएको पुरस्कार राशी अनुसार म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।

ठकुरीका अनुसार हाफ म्याराथन महिला तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।

त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

कार्यक्रममा बोल्दै मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले म्याराथन विजेतालाई अन्तर्राष्ट्रिय सहभागि हुन लायक खेलाडीका हकमा बर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न आफुहरु सदैव तत्पर रहेको घोषणा गरे। महाप्रबन्धक छाजेडले म्याराथनमार्फत आफ्नो उत्पादनको ब्रान्डिङमा समेत टेवा पुगेको हुँदा निरन्तर साझेदारी गरिरहेको बताए ।

शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथराले सातौं धारा नेपालगञ्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग हुने आश्वासन दिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले नेपालगञ्ज म्याराथनको व्यवस्थापकीय बिशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं बर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।

यसपटकको म्याराथनमा नेपाली सिने जगतका महानायक राजेश हमालले म्याराथनको लिड गर्नेछन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ३८ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग