२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्यधिक



जनकपुरधाम । जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ ।

दीपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो ।

तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचो लागेको छ । केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् ।

व्यापारीहरूले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताए । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उनले बताए ।

बिहीबार मात्रै जनकपुर बजारमा करिब चार(पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करिब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ३४ बजे

यसरी जोगिन सकिन्छ लेक लाग्नबाट

गण्डकी । उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको

नेपालमा भारतको ‘आदत’ बनिसकेको अधिनायकवादी नीति

नेपाल हिमालय पर्वतको दक्षिणी भेगमा रहेको दक्षिण एसियाली भुपरिवेष्ठित देश

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित

एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६

दोस्रो दिन भैरहवामा रवि लामिछानेसँग बयान लिन सुरु

भैरहवा । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि रुपन्देही