२ पुस २०८२, बुधबार | December 17, 2025

बागमतीका मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशप्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ ३० बजे मुख्यमन्त्री पाण्डेलाई शपथ दिलाएका हुन् ।

पाण्डेसँगै माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको सपथ लिएका छन् ।

मोक्तान समाजिक विकास मन्त्री, भँडेल भौतिक पूर्वाधार मन्त्री र खनाल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्लले हिजो पदबाट राजीनामा दिएपछि गठबन्धन दलहरुको तर्फबाट पाण्डेले ५९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नेकपा एमालेको एकल बहुमतको सरकार रहेको बागमतीमा एमाले विभाजनसँगै शाक्यको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री रहेको दल विभाजन भएपछि एकमहिनाभित्र अनिवार्य रुपमा प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण निवर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी थिइन । तर, उनी स्पष्ट अल्पमतमा रहेपछि मत विभाजन हुनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : ५५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको