२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

६ महिनापछि बल्ल खुल्यो लाइसेन्सको नयाँ आवेदन



काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र ९स्मार्ट लाइसेन्स०को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो ।

कोभिड-१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसालले सोमबारदेखि नयाँ आवदेन खुला गरिएको जानकारी दिएका छन् । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ,’ प्रवक्ता भुसालले भने ।

अहिले आवेदन दिने सेवाग्राहीको पालो भने चार-पाँच महिनापछि मात्रै आउने भएको छ । यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ ।

आवेदन फर्म भर्नका लागि सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म भर्न सक्ने विभागले जनाएको छ । अनलाइन फारम भर्नका लागि विभागको वेबसाइटमा गएर भर्न सकिने व्यवस्था मिलाइएको छ ।

विभागको बेवसाइट खोलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्न सकिनेछ । त्यसपछि पेजको सबैभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन देखिनेछ त्यसमा क्लिक गरेपछि नयाँ पेज देखिनेछ । नयाँ क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यु, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले जनाएको छ । त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्न सकिने विभागले जनाएको छ ।

स्मार्ट लाइसेन्सको छपाइ ढिलाइ हुँदा अहिले काठमाडौं उपत्यकाभित्र लिखित र ट्रायल पास गरेकाहरूलाई विभागले परीक्षणकालीन लाइसेन्स दिँदै आएको छ । स्मार्ट लाइसेन्सको छपाइमा अहिले पनि सुस्तता देखिएको छ । हाल छपाइको काम बन्द रहेकोमा तिहारपछि सुरु गरिने विभागले जनाएको छ ।

यसअघि, कोभिड-१९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेस्रो साता खुलाइएको थियो । त्यसयता, विभागले ट्रायल परीक्षा सञ्चालनका लागि कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा सञ्चालन गराउँदै आएको छ ।

विभागले साउन अन्तिमबाट नै लाइसेन्स परीक्षा खुलाउने तयारी गरेको थियो । पछिल्लो समय कोभिड संक्रमित संख्यामा वृद्धि भएपछि परीक्षा खुलाउन विभागपछि हटेको थियो । पछिल्लोपटक लोकसेवाको परीक्षा तथा कक्षा १२ परीक्षासमेत भौतिक रूपमा हुने भएपछि विभाग लाइसेन्सको परीक्षा खुलाउनेमा पुगेको थियो ।

२०७६ चैतको लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ०७ बजे

दुई महिनाका लागि काठमाडौँका धेरैजसो ठाउँमा निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको

गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा ‘समाजवादी मोर्चा’ को जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)

सरकारको आम्दानी कम, खर्च बढी

काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक

आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र

राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा माओवादी केन्द्र छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले