१० मंसिर २०८१, सोमबार | November 25, 2024

पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता



काठमाडौं । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ ।

तर, त्यस विपरीत व्यापारी व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको मौलिक हकका लागि सरकारको कुनै पनि गम्भीरता देखाएको पाइँदैन । दसैं, तिहार र छठजस्ता चाडपर्वमा बजारमा खाद्य वस्तुलगायतका सामानको खरिदबिक्री र खपत अन्य समयको तुलनामा धेरै हुने गर्छ । यसकै मौका छोपेर व्यापारी तथा व्यवसायीले उपभोक्तालाई ठगी गर्ने गरेका छन् ।

सरकारले उपभोक्ताको मौलिक हकप्रतिको गम्भीरता नदेखाउँदा उपभोक्ता पाइला पाइलामा ठगिनुपरेको उपभोक्ताकर्मी बताउँछन् । दसैं, तिहार र छठजस्ता महाचाडपर्वको मुखमा बजार अनुगमन गर्ने वाणिज्य आपूर्ति तथा उभपोक्ता संरक्षण विभाग एक महिनादेखि नेतृत्वविहीन छ । सम्बन्धित विभागीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि मन्त्रिविहीन छ ।

बजार अनुगमन गर्ने निकाय नै नेतृत्वविहीन बनाउनु सरकार आमउपभोक्ताको हकप्रति कुनै गम्भीर नभएको प्रस्ट भएको अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् ।

बजारमा अनुगमन गरी अनुचित कारोबार गर्ने व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार बोकेको विभाग नै लामो समयसम्म नेतृत्वविहीन बनाइनुले चाडपर्वमा व्यापारीलाई कालोबजारी तथा उपभोक्ता ठग्न सरकारले नै प्रोत्साहित गरेको प्रस्ट भएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

उनले तिहार नजिकिदै गर्दा बजारमा व्यापारीले भाइमसला तिहारका लागि आवश्यक पर्ने विभिन्न सामान, खाने तेललगायतका खाद्य वस्तुमा व्यापारीले मनपरी मूल्य लिइरहेको बताए । यसैगरी, उनले अहिले धेरै व्यापारीले म्याद सकिएका खाद्य वस्तुमा रिलेबलिङ गरेर उपभोक्तालाई बिक्रीवितरण गर्ने गरेको पनि बताए । उनले सरकारले उपभोक्ताको मौलिक हकमा जिम्मेवार हुन बजार अनुगमन गरी अनुचित व्यापारिक कार्यकलाप गर्ने व्यापारीलाई कडाइका साथ कानुनी कारबाही गर्नुपर्ने बताए ।

उनले तिहारमा बजार अनुगमनलाई प्रभावकारी बनाउन एक महिनादेखि नेतृत्वविहीन भएको विभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई नेतृत्व गर्ने छिटोभन्दा छिटो विभागीय प्रमुख पठाउनुपर्ने बताए । सरकारले समयमा तिहारको समय सबैभन्दा बढी उपभोक्ता ठगिने समयमा विभागीय प्रमुख नपठाउनु सरकारले नै संविधानमा व्यवस्था गरेको उपभोक्ताको मौलिकलाई नै कुठाराघात गर्ने काम गरेको बताए ।

यसैगरी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, ‘नेपालको संविधान २०७२ र उपभोक्ता ऐन २०७५ मा व्यवस्था गरेका अनुसार आमउपभोक्ताले उपभोग गर्ने खाद्य वस्तु तथा सेवामा गुणस्तरीयता र सहज आपूर्ति गर्ने काम नेपाल सरकारले गर्नुपर्छ । नेपाल सरकार, उपभोक्ता हित संरक्षण गर्ने, सरकारी संयन्त्रहरू स्वयं राजनीति नेतृत्वमा रहेका जनप्रतिनिधिले नै उपभोक्ताको अधिकारलाई प्राथामिकता नदिएर बेवास्ता गरिरहेका छन् । उनले भने, ‘बजार अनुगमन गरी स्वच्छ र गुणस्तरीय र प्रभावकारी बनाउन छोडेर सरकारी कर्मचारीदेखि राजनीति नेतृत्वमा रहेका जनप्रतिनिधिसमेत कालोबजारी गरी अनुचित व्यापारिक कार्य गर्ने व्यवसायीसँग नजिक भएका हुन्छ ।’

नेतृत्वमा रहेका जनप्रतिनिधि र जिम्मेवार सरकारी निकाय नै अनुचित व्यापारिक व्यवसायी गर्न व्यापारीलाई कानुन कारबाही गर्न छोडेर उनीहरूसँगै नजिकिँदा बजार एकदमै डरलाग्दो अराजक हुने अवस्था रहेको अध्यक्ष महर्जनको भनाइ छ । उनले सरकारको सहयोगमा नै व्यापारीले विभिन्न दैनिक खाद्य वस्तुलगायतका सामानमा मनपरी मूल्य बढाउने गरेको बताए । उनले तिहार नजिकिँदै गर्दा अहिले बजारमा तिहारमा आवश्यक पर्ने सबै वस्तुमा व्यापारीले मनपरी मूल्य वृद्धि गरेको बताए । अध्यक्ष महर्जनले अहिले हरियो तरकारी फलफूल खाने तेललगायतका वस्तुमा मूल्य बढाएको बताए । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : ५५ बजे

सिंचाई अभिवृद्धिकालागि एसियाली विकास बैंकसँग ऋण लिँदै लुम्बिनी प्रदेश सरकार

दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

काठमाडौं । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायो : सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम

प्रचण्ड सरकारको समयमा देश आर्थिक संकटमा पर्‍यो : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौं । दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले