१ बैशाख २०८२, सोमबार | April 15, 2025

लण्डनको वेलिङमा नेपालीको फार्मेसी



लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङ मानिम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो । वेलिङमा आयोजित एक कार्यक्रमकाबीच मेयर काउन्सिलर जेम्स हन्टले फार्मेसीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयेर हन्टले फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।

त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सीईओ राजन कँडेलले चर्चा गरेका थिए । कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उनले बताए । ‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफलभएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।’ उनले भने, -‘यहाँ स्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’

नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवादिने तयारी गरिएको उनले बताए । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु नपर्ने समेत उनले बताए ।

त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे बताएकी थिइन् । होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशनजस्ता सुविधाहरु उपलब्ध हुने निम ट्रि फार्मेसीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : २० बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु