४ मंसिर २०८१, मंगलबार | November 20, 2024

पुष्प व्यवसायमा युवाको आकर्षण



चितवन । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् ।

अजय यादव र सागर कार्कीले संयुक्त रूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन् । अहिले उनीहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् । कृर्षिमा अध्ययन गरेका यादव र इञ्जीनियरीङ पढ्नु भएका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लागेका हुन् । सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गरेका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् ।

भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उनीहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गरेका छन् भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहेका छन्। यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उनीहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन् । यादवले भने, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।”

अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको यादवले बताए । उनले सम्झिए, “एक सय बिरुवाबाट सुरुआतीमा रु १० हजार नाफा भएको थियो । त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उनीहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गरेका थिए । दोस्रो वर्षमा रु एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि यो व्यवसाय गर्न प्रोत्साहन मिल्यो ।

कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ । यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् ।

फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउँछन् । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गरेका छन् । उनले भने, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमी रूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।” अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उनले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताए । उनले भने, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।”

एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताए । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उनले बताए । उनले भने, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ । अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

खेती गर्ने अधिकांश युवा रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् । जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उनले भने, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पु¥याउने लक्ष्य लिएका छौँ ।” यहाँ पाँच लाख माला खपत हुने उनको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उनले जानकारी दिए । अन्य छिमेकी जिल्लाबाट आउने उनले बताए ।

आंशिक रूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उनको भनाइ छ । अहिले बजारमा मालाको मूल्य रु ८० र एक किलो फूलको रु २५० भन्दामाथि नजाने उनले जानकारी दिए । अहिले व्यावसायिक रूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : ०३ बजे

उपमहानगरको योजना अनुगमनमा मेयर आफै सडकमा निस्किए

बुटवल । बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा भएका सडक बिस्तार तथा

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी

नेपाली कूटनीतिज्ञ तथा सरकारी अधिकारी अध्ययनका लागि भारत भ्रमणमा जाँदै

काठमाडौं । नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६

नागरिकलाई उठीवासको त्रासमा राख्ने काम नहोस् : अनुगमन टोली

काठमाडौं । उठीवास अनुगमन टोलीले नागरिकलाई त्रासमा राख्ने काम नगर्न

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौं । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता