५ बैशाख २०८२, शुक्रबार | April 19, 2025

बेवारिसे बम विस्फोट हुँदा २ जना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा २ जना घाइते भएका छन् । विस्फोटबाट सोही नगरपालिका-७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका-६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ ।

प्रत्येक शनिबार सर्वसाधारणका लागि खोल्ने गरिएको उक्त बनमा घाँस काटीरहेको अवस्थामा एक्कासि विस्फोट हुँदा उनीहरु घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत लगिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये लिलाको अवस्था सामान्य र नरेशको अवस्था बोल्न सक्ने रहेको छ ।

नेपाली सेनासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ०२ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी