काठमाडौ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यन्वयन गर्न प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम दिएको हो ।
शुक्रबार बसेको बारको बैठकले कात्तिक ७ गते प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्ने निर्णय गरेको छ भने बाँकी निर्णय पछि गर्ने महासचिव लीलामणि पौडेलले विज्ञप्तिमा मार्फत जानाकारी गराएका छन् ।
यसअघि प्रधानन्यायाधीश राणाले स्वचालित प्रणालीबाट पेशी तोक्ने र न्यायालयका विसंगति विकृति अध्ययन गर्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति बनाएका थिए । तर समितिले कार्यतालिकासहित सुझाव दिए पनि कार्यान्वयन भएको छैन ।
प्रतिक्रिया