१ बैशाख २०८२, सोमबार | April 15, 2025

सिद्धार्थ विजनेश ग्रुपको सेवा अव कपिलवस्तुमा पनि



कपिलवस्तु । सिद्धार्थ विजनेश ग्रुपले लुम्बिनी प्रदेशको कपिलवस्तुमा पनि आफ्नो सेवा दिने भएको छ । कपिलवस्तु स्थित लुम्बिनी ग्रीन रिर्सोटसँगको व्यावसायीक साझेदारीमा ग्रुपले कपिलवस्तुमा सेवा दिने भएको हो ।

कपिलवस्तुको चन्द्रौैटा बजार क्षेत्रमा खोलिएको उक्त रिसोर्ट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानीमा निमार्ण भएको विजनेश ग्रुपले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । रिसोर्टमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङको सुविधा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रिसोर्टले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनी देखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

हस्पिटालिटी क्षेत्रमा नेपालमा पहिचान बनाएको सिद्धार्थ हस्पिटालिटीले नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरु सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टिकापुर, कर्णाली चिसापानी, महेन्द«नगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बोैद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चार तारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । पर्यटकिय स्थल ईलामको फिक्कल र जुम्लामा पनि सिद्धार्थले आफ्नो सेवा विस्तार गर्न लागेको न्यौपानेले जानकारी दिए ।

लामो समय देखी पर्यटन प्रबर्धनमा पछाडि परेको यस कपिलवस्तु जिल्ला सुद्दोधन राजाको दरबार, तिलौराकोट, कपिलमुनी ऋृषिको महत्तव र तपस्या स्थल, साथै ठुला ठुला ताल र अन्न उत्पादनको भण्डार रहेको र अन्य अपार सम्भावना बोकेको हुनाले अब यस जिल्लालाई सिद्धार्थले रोजेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ४७ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु