२५ चैत्र २०८१, सोमबार | April 7, 2025

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए ।

ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । -रासस

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  २ : ५७ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग