२८ पुस २०८१, आइतबार | January 13, 2025

कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा



वीरगन्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगन्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ ।

व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो ।

पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्याङ्कनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको तथ्य फेला परेको छ । चक्लेटजन्य सामग्रीमा वीरगन्ज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्याकङ्नको प्रज्ञापनपत्र जारी गरी चक्लेट नेपाल भित्राइएको भन्दै प्रहरीले चक्लेट बोकेको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

केही दिनअघि भारतबाट जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगन्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो । उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो ग्रुपसँग थप १३ लाख ८० हजार रुपैयाँ राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्याकङ्नमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो ग्रुपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ । उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्याकङ्न गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । यद्यपि यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो ग्रुपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चक्लेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ । लाग्ने दरभन्दा कम मूल्याकङ्न गरी भन्सार छली नेपाल भित्र्याइएको करिब ७३ लाख रुपैयाँ बराबरको चक्लेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल ९भिसीटिएस० खुसी बच्चा नामक भारतीय चक्लेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

उक्त चक्लेटबारे एकीकृत जाँचचौकीका भन्सार अधिकृत (जाँचकी) रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चक्लेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चक्लेटको राजस्व लिइएको बताए । प्रहरीले सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नं १४ बस्ने वर्ष ३३ का जबर सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सामान तथा ट्रकको रु ७३ लाख मूल्याकङ्न गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

प्रहरीले नियमविपरीत कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई अनलाइन बिलबिना चक्लेट नेपाल भित्रिएको भन्दै पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाएको छ । भन्सारमा कार्यरत कर्मचारीले नियमानुसार मूल्याकङ्न गरिएको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका सूचना अधिकारी गौरव पन्थीले उक्त गाडीको अनलाइन बिल नरहेकाले नियमानुसार कारबाही हुने र यसबारे थप अनुसन्धानका लागि भन्सार कार्यालयबाट थप कागजपत्र माग गरिएको जानकारी दिए ।

भन्सार प्रशासक विश्वप्रसाद अर्याल प्रहरीले बरामद गरेको चक्लेटबारे अनलाइन बिल भन्सार कार्यालयअन्तर्गतको जाँचचौकीको काम नभएकाले सोको दोषी स्वयं आयात कम्पनी रहेको र जगदम्बा अटो गु्रपले भित्र्याएका चेसिस र इञ्जिनसहितको टेम्पोका सामग्रीको पुनः मूल्याकङ्न गरी दोषी पाइएकाले कारबाहीस्वरुप गु्रपलाई जरिवाना गरिएको बताए । – रासस

 

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ०८ बजे

मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न

‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

हेटौडा । मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभासम्पन्न भएको