२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एमसीसीबारे एमाले नेता भिम रावलको टिप्पणी : एमसीसीको पत्र जनता झुक्याएर संसदबाट अनुमोदन गराउने षडयन्त्र



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

एमसीसीका सम्बन्धमा परियोजनाले नेपाल सरकारलाई पठाएको जवाफ सार्वजनिक भएकै राती उपाध्यक्ष रावलले ट्वीट गर्दै सरकार र एमसीसी परियोजना दुशैले जनता झुक्याउने षडयन्त्र गरेको उल्लेख गरेका छन् । ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवे पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ रावलले लेखेका छन् , -‘यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुनविपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

दुवै तर्फका पत्रमा एमसीसीमा रहेका राष्ट्रलाई हानि हुने बुँदा संशोधन गर्ने उल्लेख नरहेको पूर्व गृहमन्त्रीसमेत रहेका एमाले नेता रावलको टिप्पणी छ।

दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन नगर्ने नेता रावलको दाबी छ ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ९ : ०२ बजे

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी