२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाग्मती प्रदेशमा थपिए ६ मन्त्री ४ राज्यमन्त्री



हेटौडा । वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषदको विस्तार गर्दै ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गरेकी छिन् ।

शाक्यले थप गरेको मन्त्रीहरुमा केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका छन् ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका पाण्डेलाई विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ भने शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी हुन् । आज थपिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रदेशसभामा अल्पमतमा परिसकेको अवस्थामा समेत सरकार टिकाउने प्रयास स्वरुप मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी हुन् । उनले जीवन खड्का भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठ सामाजिक विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेकी छन् । उनीहरुलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराएकी थिइन् ।

 

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ३ : ४९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको