२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

एमाले सिध्याउने सपना नदेख्न माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी



सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले एमाले सिध्याउने सपना नदेख्न आफ्ना पूर्व नेता एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चेतावनी दिएका छन् ।

हालै मात्र एमालेमा संस्थापन पक्षमा विलय भएका नेता ज्ञवालीले माधव नेपालले वाममोर्चा बनाएर एमाले सिध्याउने सपना देखे पनि त्यो पुरा नहुने बताए ।

सुर्खेतमा आज एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ उनले एमालेको मत खोसेर जित्ने सपना देखेको भए त्यो पुरा नहुने दाबी गरे ।

एमालेमा लामोसमयसम्म माधव नेपालको दाहिने हात रहँदै आएका ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आक्रमक अभिव्यक्ति समेत दिँदै आएका थिए । तर, नेपालले एमालेबाट विद्रोह गर्ने अन्तिम तयारी गरेसँगै उनीलगायत स्थायी कमिटीका नेपाल पक्ष भनिने ९ नेताहरुले नेपालसँग सम्बन्ध विच्छेद गरेका थिए । हाल ज्ञवालीसहितका नेताहरु १० बुँदे सहमति गरेपछि पार्टीको संस्थापन पक्षमा विलय भैसकेका छन् ।

ज्ञवालीले एमाले पार्टी छोडेर माधव नेपालले ठूलो गल्ती गरेको बताए । उनले विगतका गल्तीलाई आधार मानेर नेपालले पार्टी फुटाउनु झन ठूलो गल्ती भएको भन्दै एकदिन गल्तीको महशुस गर्ने जिकिर गरे । ज्ञवालीले भने, ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ ।’

ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयन सुरु भैेसकेको दाबी गरे । नेपालले अध्यक्ष ओलीलाई स्वीकार गर्न नसकेकै कारण आफुहरुले नेपाललाई छोडेको बताउँदै ज्ञवालीले १० बुँदे सहमतिपछि पछि पार्टीमा एकता कायम भएको बताए । उनले यो १० बुँदे सहमतिको स्प्रिटअनुसार अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

ज्ञवालीले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र व्यवहार गर्ने काम नगर्न पनि आग्रह गरे । उनले भने, ‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न । ‘काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : २२ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको