४ मंसिर २०८१, मंगलबार | November 19, 2024

सीप र प्रविधि हस्तान्तरणले तिलोत्तमाका किसानमा उत्साह



बुटवल । वर्षौदेखि बुबासंगै कृषि गर्दै आएका २२ वर्षिय वैद्यनाथ बोध खेतीकिसानीबाट दिक्क मानेका थिए । परम्परागत खेतीबाट घर खर्च नै नउठेको बेला उनले नगरपालिकामार्फत अनुदान र प्राविधिक सहयोग पाए । ‘एक विगाहामा बुबाले तरबारी गरेर लाभ हुदैनथ्यो।’–उनले भने । नया प्रविधि र ज्ञानहरुको अभावमा पछि परेको बेला लकडाउन अवसर बनेको उनी बताउछ । विद्यालय बिदाको समयमा कृषिको तालिमको सुचना पाएका उनि वडास्तरिय कार्यक्रममा भाग लिए । खेतीयोग्य जमिनको पहिचान कसरी गर्ने?, माटोको पिएच परिक्षण के हो ? जस्ता धेरै कृषिबारे उनि ज्ञान हासिल गरे । यो तालिम उनलाई कृषि शुरु गर्ने एएटा महत्वपूर्ण बाटो बन्यो । गाउफर्किएर उनले निस्कृय रहेको श्री रोहणी कृषक उत्पादन कृषक समुहलाई पुनः जगाउने काम उनले गरे । समुह पुनःगठन गरे । समुहमा सचिवको भुमिका लिए । संगै धेरै अनुभव बटुल्न सफल भएको उनी बताउछन । ‘पहिलो वर्ष नै राम्रो भयो ।’– उनले भने । ब्यक्तिगत रुपमा मासिक ३० देखि ४० हजार आम्दानी गर्दै आएको उनि घर खर्चसंगै आफनो पढाई खर्च समेत जुटाउन सफल भएको बताउछन ।

शिक्षक पेशाबाट रिटायर्ड भएका तिलोत्तमाका शालिकराम ज्ञवाली अहिले कृषिमा ब्यस्त छन । परिवारका १९ जना सदस्यहरु मिलेर तिलोत्तमा एग्रो फर्म दर्ता गरि उनि अहिले कृषिमा अग्रसर भएका छन । तरकारी उत्पादन गरेर बजारमा बेच्न पाउदा उनि निक्कै खुशी छन । नगद कारोबार हुने भएकाले पनि यो किसानका लागि धेरै उपयोगी बाली भएको उनी बताउछन । ‘यो मेरो लागी सिकाई भएको छ ।’– उनले भने । विद्यालयमा बालबालिकाहरुलाई बौद्धिक शिक्षा दिने कामबाट बिदा भएका उनि अहिले कृषिमा शारीरिक श्रममा लागेका छन । आठ विगाहामा ३ वटा टनेल बनाएर काम गरेको उनले बताए । दुई कठ्ठामा खुर्सानी, बन्दागोबी, ७ कठ्ठामा लहरेबारी गरेको उनले बताए । टनेलमा गरेको टमाटर २ सिजन राम्रो भएको उनले बताए । टनेल बनाउदा शुरुमा धेरै खर्च आएको उनले बताए । यसैगरि काक्रो, करेला लगायत लहरेबाली धेरै राम्रो भएको उनले बताए । धान र तोरी खेतीसंगै लहरेबाली गर्न सकिने भएकाले धेरै फाईदा मिल्ने उनले बताए । किसानलाई प्रविधि, बीउ, साधन सहयोग मिले लाभ लिन सकिने उनले बताए ।

१० वटा तरकारी समुह, १४ वटा च्याउ उत्पादक समुह र २० वटा आलु समुह सहभागी भएर कुल २ करोड ६३ लाखको परियोजना सञ्चालन , किसानले कुल १ सय ९० मेट्रिक टन आलु उत्पादन गर्न सफल भए भने ९० मेट्रिक टन आलु चिस्यान केन्द्रमा विउको लागि स्टोर गरिएको छ ।

तिलोत्तमा ११, भुपु सैनिकका लालिगुरास च्याउ उत्पादक कृषक समूहका बिना कुमारी गुरुङ अहिले च्याउ खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन । गाउघरका २४ महिला र २ जना पुरुष मिलेर दर्ता गरेको समुह जिल्लामा नै च्याउ उत्पादनबाट चिनिदा निक्कै खुशी भएका छन । लकडाउनमा उत्पादन र आम्दानी बढाउन सफल भएको उनि बताउछिन ।

पछिल्लो समय करीब साढे ७ लाख बराबरको समुहलाई स्टीम गर्ने र बल बनाउने मेशिन युएनडिपिबाट प्राप्त भएपछि झन उर्जा थपिएको उनले बताईन । ‘हातले बनाउदा एक घण्टामा ४ देखि ५ वटा बल बनाउथ्यो ।’– उनले भनिन । उनिहरुको समुह अहिले मेशिनबाट ३७ सेकेण्डमा एउटा बल बनाउछन । मेहनत कम र समयको बचत भएको उनि बताउछन । परियोजनाबाट ७ सय ५० पोका बीउ र टनेलका लागि कालो प्लाष्टिक उपलब्ध भएको उनले बताए । सबै अनुदानबाट शुरु गरेको उनले बताईन । जसबाट ५० क्विन्टल उत्पादन भएको उनले बताए ।

प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष लक्ष्मी विश्वकर्माको जिवनचर्या फेरिएको छ । कालिकास्थान तरकारी ईकाई समुहका सचिव समेत रहेकी उनि तिलोत्तमा ११ का सुकुम्बासी बस्तिमा कृषिबारे ज्ञान र सीप सिकाउने काममा अग्रसर छिन । सिचाईको समस्या, अशिक्षित बसोबासी रहेको सुकुम्बासी क्षेत्रमा ज्याला मजदुरी गरेर खाने धेरै जना बसोबास गर्ने उनि बताउछन । यस्तो बस्तिमा केरा खेति अगाडि बढाएका उनि बिस्तारै समुहमार्फत तरकारी तर्फ लागिन । ‘केराबाट आम्दानी गर्न लामो कुर्नुपर्ने हुदा हामीलाई गारो भयो ।’– उनले भनिन ।

करीब ५ कठ्ठा क्षेत्रफलमा लगाएको केरा मासेर तरकारी शुरु गरेको उनले बताईन । सहकारीमार्फत आयोजना गरिएको ब्यवसायिक तरकारी उत्पादन तालिममा सहभागी भएर उनिसंगै ६ जना समुहका किसानहरु धेरै उत्साही बने । तरकारी धेरै राम्रो भएको उनि बताईन । परम्परागत रुपमा गर्ने भन्दा फरक तरिका अप्नाउदा त्यसबाट लाभ धेरै मिलेको उनको दाबी छ । सीपसंगै प्रविधि सिकाउन सफल भएको उनले बताईन । फर्सी, लौका घिरौला, काक्रो लगाउदा फाईदा राम्रो मिलेको बताईन । समुहका एक जना सदस्यलाई सर्पले टोकेर उपचार खर्च जुटाउन समस्य पर्दा समुहबाट नै सहयोग गरिएको उनले बताईन । खेतमा तरकारी उत्पादन धेरै भएपनि निशेषाज्ञाको कारण बेच्न कठिनाई भएको उनले बताईन । गाउघरमै कोभिड संक्रमितलाई घरदैलो गरेर तरकारी निशुल्क समेत बाडेका उनले बताईन । यो वर्ष पनि तरकारी लगाउन शुरु गरेको उनले बताईन ।

तिनपा ११, पिपलडाडामा रहेको प्रजारानी तरकारी उत्पादक समुहको सचिव राम बहादुर मल्ल नगदे बालीबाट राम्रो आम्दानी गर्न सफल भए । समुहका ३३ जना सदस्यहरु मिलेर ३ विगाहामा आलु खेती गरेको उनि बताउछन । बिसं २०२७ सालमा तराइ झरेका उनी निरन्तर खेतीमा लागेको स्मरण गर्छन । ‘कार्टरल रातो आलु राम्रो उत्पादन भएपनि बजारको ठूलो समस्या थियो ।’– उनले भने । गतवर्ष तिलोत्तमा नगरपालिका, युएनडिपी र प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा ब्यवसायिक आलु उत्पादन तथा बिज वृद्धि एवं ब्यवसायिक तरकारी उत्पादक परियोजना कार्यक्रममार्फत उनले सहयोग पाए । आलुको बीउ, मलखाद, किटनासक औषधि, प्राविधिक सहयोग पाएपछि उनले राम्रो आलु उत्पादन गरे । करीब २ सय ५ बोरा बीउ आलु कोलस्टोरमा राखिएको उनले बताए । ‘मनोबल बढेको छ ।’–उनले भने । घरमा उपभोगसंगै बेचेर पनि अझै बीउ राख्न सफल भएको उनले बताए । तिथिमिति अनुसार राम्ररी ब्यवस्थापन गर्न सके आलुबाट राम्रो आम्दानी हुने उनले बताए । आठ कठ्ठामा लगाएको मकै पनि निक्कै राम्रो भएको उनले बताए । गोठका गाईलाई दाना किन्न भन्दा बारीकै मकै सस्तो भएको उनले बताए । मकै आफुहरुले उपभाग गर्न, पालुवा जनावरलाई खुवाउन दुबैमा काम लागेको उनले बताए ।

पंगेनी खाद्य उत्पादन समुहका गुरुप्रसाद पंगेनी पनि हौसिएका छन । आठ जना महिलासहित कुल २६ जना सदस्य रहेको समुह ३ विगाहा क्षेत्रफलमा ब्यवसायिक आलु लगाएर राम्रो उत्पादन गर्न सफल भएका छन । एमएस ४२ र जनकदेव गरि २ प्रकारका आलु लगाएर १ सय १० क्विन्टल आलु उत्पादन भएको उनले बताए । ‘उत्पादन भएको आलुमध्ये ९० क्विन्टल बीउ राखिएका छौ ।’–उनले भने । निर्वाहमुखी पेशा अप्नाउदै आएको उनी अहिले यो पेशा धेरै खुसी छन । बजारमा बिउको मूल्य निर्धारण गरिए अझ फाईदा मिल्ने उनी बताउछन ।

तिलोत्तमाका २४ वर्षिय प्रसान्त गुरुङ आफुजस्तै युवाहरु मिलेर ३४ जनाको कृषि समूह गठन गरेको छन । ब्यवसायिक तरकारी खेती गर्त तम्सिएका उनिहरुलाई परियोजनाबाट साथ मिल्यो । करीब १ विगाहामा तरकारी लगाएका ६ जना युवाहरुले पहिलो सिजनमा ६० हजार रुपैया बराबर आम्दानी गरेको उनले बताए । मौसमी तरकारीका बारेमा ज्ञान, बजारीकरणको समस्या ब्यहोरेका उनिहरु अब योवर्ष भने टनेल प्रयोग गरेर बेमौसमी तरकारीमा लाग्ने तयारीमा छन ।

परियोजनाका प्राविधिक शिव चापागाईले आलु, तरकारी र च्याउको ब्यवसायिक उत्पादनका लागि माग फाराम धेरै आएको बताए । ब्यवसायिक आलु उत्पादन तथा बिज वृद्धि एवं ब्यवसायिक तरकारी उत्पादक परियोजना सफल भएको बताए । किसानलाई आलुको बिउमा आत्मनिर्भर बनाउने लक्ष्यसहित बिउ उत्पादन गर्न सफल भएको उनि बताए । यो वर्ष कोल्ड स्टोरेजमा ९० मेटिक टन टिपिएस, पिभिएसका साथै पहिलो, दोस्रो जेनेरेसन सबै पुस्ता र जातको आलु राखिएको उनले बताए । करीब १ सय ७० मेट्रिक टन आलु उत्पादन गरिएकोमा उपभोगबाट बचेको स्टोरमा राखिएको उनले बताए । असोजको अन्तिम र कार्तिकको पहिलो हप्ता आलु रोपिने भएकाले पनि मुल्य निर्धारणको काम बाकी रहेको उनले बताए । अर्को वर्ष फेरि खेती गर्न सकेमात्र किसानलाई यसबाट धेरै फाईदा मिल्ने उनले बताए । आलुको बिउमा आत्मनिर्भर बनाउने पहिलो वर्ष सफल भएको बताए । अब अर्को वर्षका लागि जुन उत्पादन हुने हो त्यसमा समेत योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने बताए । परियोजना निरन्तता हुन नसकेको त्यसले समस्या आउने उनले दुखेसो गरे । तिलोत्तमाले आफनै ब्राण्ड र टयाग सहित बजारीकरण गर्ने योजना अगाडी बढाउन जरुरी रहेको उनले बताए ।

सहकारीका संस्थापक अध्यक्ष तथा ब्यवस्थापक जमुना गिरी सहकारीले महिला शशक्तिकरणमा काम अघि बढाएको बताईन । बचत र ऋणको कामबाट शुरु भएर संस्थाले ४–४ महिनाको योजना बनाएर जिविकोर्पाजनका कार्यक्रमहरु ल्याएको बताईन । युएनडिपि र तिलोत्तमा नगरपालिकाबिच भएको परियोजनामार्फत कोभिड र बैदेशिक रोजगारबाट फर्किएका लक्षित वर्गलाई आलु तथा ब्यवसायिक तरकारी खेतीमा सीप र कृषि औजार सहयोग गरेको बताईन । ७७ विगाहा लक्ष्य रहेकोमा ६५ बिगाहामा ४४ वटा समुहमार्फत आलु लगाउन सफल भएको बताए । यो परियोजनाबाट ७ सय १३ घरधुरी लाभान्वित भएको उनले बताईन ।

परियोजनामा ३ जना कृषि प्राविधिकबाट आवश्यक सहयोग दिने काम भएको उनले बताईन । १० महिने समावधी रहेको परियोजनामा तिलोत्तमा नगरपालिकाबाट १ करोड १५ लाख, किसानहरुको तर्फबाट ५२ लाख र युएनडीपीबाट कुल ९४ लाख ७१ हजार रुपैयाँ लगानी गरिएको थियो । जसमा १० वटा तरकारी समुह, १४ वटा च्याउ उत्पादक समुह र २० वटा आलु समुह सहभागी भएर कुल २ करोड ६३ लाखको परियोजना सञ्चालित भएको थियो । जसबाट किसानले कुल १ सय ९० मेट्रिक टन आलु उत्पादन गर्न सफल भएका छन् भने ९० मेट्रिक टन आलु चिस्यान केन्द्रमा विउको लागि स्टोर गरिएको छ ।

 

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  ११ : ५० बजे

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौं । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक,

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौँ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक

विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रिया शीघ्र टुङ्ग्याउन मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी