२३ भदौ २०८१, आइतबार | September 8, 2024

अहिले अध्यादेशको समर्थन गर्नेले पहिला ओलीले ल्याउँदा विरोध गरेकोमा माफी माग्नुपर्छ : गगन थापा



काठमाडौं । आफ्नै सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले आलोचना गरिरहेका छन् ।

कांग्रेस नेता गगन थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याइनु गलत भएको बताएका छन् । नेता थापाले बुधबार बिहान ट्वीट गरेर अध्यादेशको विरोध गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने प्रावधान राख्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेको थियो । आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै एमालेले हिजै कडा आपत्ति जनाएको थियो ।

अध्यादेशको कांग्रेसकै धेरे नेताले विरोध गरेका छन् । नेता थापाले अहिले अध्यादेशको समर्थन गर्नेहरुले हिजो ओलीले ल्याएको गलत भन्न नपाउने जिकिर गरेका छन् ।

थापाले भनेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत । हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

https://twitter.com/thapagk/status/1427831835984236547

सरकारले ल्याएको अध्यादेश अहिलेसम्म राष्ट्रपतिले स्वीकृत गरिसकेकी छैनन् ।

 

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : १० बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई