४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ला लिगा: बार्सिलोनाको सुखद सुरुवात



काठमाडौं । बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक-एक गोल गरे । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक-एक गोल फर्काए ।

खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोलका लागि १९ मिनेटसम्म कुर्नुपरेको थियो । १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए ।

त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए । उनले पनि हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो । जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो । मिकलेलले अन्तिम समयतिर पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो । बार्साले अब मेस्सीको अभावलाई पनि खड्किन नदिने संकेत गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ०० बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day