२३ भदौ २०८१, आइतबार | September 8, 2024

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता र गठबन्धनको कार्यदलबीच संयुक्त छलफल भैरहेको छ

आज सार्वजनिक गर्न लागि एको सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा गठनबन्धनका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलबाट कार्यदलले तयार पारेको प्रतिवेदनमाथि अन्तिम निस्कर्ष निकालिने छ ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु र कार्यदल सदस्यहरु रहेका छन् ।

कार्यदलले दुई दिन अघि गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । साझा कार्यक्रममा महामारी नियन्त्रणमा सरकारको प्राथमिकता, संघीयता सुदृढिकरण, परराष्ट्र नीति, मन्त्रीहरुको आचारसंहिता लगायतका विषय समेटिएको छ ।

छलफल पनि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । त्यसपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ०६ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर