२८ मंसिर २०८२, आइतबार | December 14, 2025

माहाकालीको टुइन काटेको घटनामा एसएसबीको संलग्नता नभएको भारतीय पक्षको दाबी



कैलाली । महाकाली नदीमा भारतीय अर्धसैनिक बल एसएसबीले तुुइन काटेका कारण युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले एसएसबीको संलग्नता अस्विकार गरेको छ ।

शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले समाचारमा आएजस्तो सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढका जिल्ला अधिकारीले आनन्द स्वरुपलाई पठाएको पत्रको जवाफ दिंदै एसएसबीको संलग्नता नभएको दाबी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । पत्रमा भारतीय पक्षले टुइन तर्न नसकेर आफै नेपाली युवक महाकालीमा खसेको बताईएको उनले बताए । उताबाट आएको लिखित पत्रमा बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’ प्रजिअ जोशीले भने ।

पत्रमा भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको स्विकार गरेको प्रमुुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको भारतीय अधिकारीले बताएको जोशीले बताए । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिए ।

शुुक्रबार बिहान भारतीय भूूमि हुँदै दार्चुलाको सदरमुुकाम खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएका थिए । सो सम्बन्धमा बुझ्न स्थानीय प्रशासनले शुुक्रबार भारतीय जिला अधिकारीको कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन पत्राचार गरेको थियो ।

जयसिंहलाई तुुइनमा राखेर आफुले नदी पार गराएको दाबी गर्ने स्थानीय कल्यानसिंह धामीले एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएपछि घटना राष्ट्रिय चासो बनेको थियो । शुुक्रबार बिहान नदीमा खसेका धामी अझै फेला परेका छैनन् ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई