२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

राष्ट्रपति भण्डारीबाट दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी र गण्डकी प्रदेशका बहालवाला प्रदेश प्रमुखलाई पद मुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले आजैबाट गण्डकी प्रदेशका प्रदेश प्रमुख सिता कुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जना महानुभावलाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : ०१ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको