६ पुस २०८१, शनिबार | December 21, 2024

बुटवल कोरा २१ बाट संकलन भएको रकम मृगौला उचारमा रहेकी पाण्डेलाई आर्थिक सहयोग



बुटवल । बुटवल कोरा २१ कार्यक्रम आयोजनाबाट संकलन भएको रकम मृगौला उपचारमा रहेकी एक जना युवालाई सहयोग गरिएको छ ।

काठमाण्डौ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेर उपचारमा रहेकी रुपन्देही कन्चन गाउपालिका वडा नं ५ की २६ वर्षिय आयुषा पाण्डेलाई ४७ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।

शनिबार एक समारोहका बिच कार्यक्रम संयोजक किरण श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, बुटवल युनाईटेड साईकल क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, साईकल सिटिका मनिष पाण्डे, गणेश श्रेष्ठ, अभिषेक भारीले पत्रकार मनोरन्जन शर्मामार्फत रकम हस्तान्तरण गरेका हुन । ‘हामीले बुटवल कोरा २१ बाट एउटा उदाहरणीय काम गर्न सफल भएका छौ ।’- संयोजक किरण श्रेष्ठले बताए । युवाहरुलाई साईक्लिङमार्फत एकतावद्घ गराउने र सामाजिक हितमा अग्रसरता अहिलेको आवश्यकता भएको उनले बताए ।

युवा अवस्थाकी मृगौला समस्या देखिएकी पाण्डेलाई प्रत्यारोपणमा लाग्ने खर्चमा थोरै भएपनि योगदान दिन सफल भएको उनले बताए । संघिय योजना कार्यान्वन ईकाई कार्यालयमा करारमा सरकारी जागिर शुरु गरेकी उनलाई ३ वर्षअघि मृगौलाको समस्या देखिएको थियो। दैनिकी आर्थिक सहयोग जुटाउने र अस्पतालमा डाईलासिस गराउदै बित्छ । उपचारकै लागि भैरहवा क्षेत्रका विभिन्न सामाजिक संघसस्थाहरुबाट उनलाई करीब ६ लाख रुपैया संकलन भएको उनले बताईन ।

मृगौला दाता परिवारकै सदस्य हुदा केही सहज भएको उनि बताउछिन । घरको जेठी छोरी भएकाले घर व्यवहार पनि पछिल्लोसमय उनकै काधमा थियो । बुवा केही समय भारतमा रोजगार थिए । घर व्यवहारमा मद्धत गर्दै आएकी छोरीको बिरामी परेपछि परिवारमा बज्रपात भएको छ । बुबा स्वदेश फर्किएका छन । आर्थिक अवस्था सामान्य रहेको आयुषा करारको जागिरबाट उपचारकै क्रममा लामो बिदा लिइरहन पनि गारो परेको उनि बताउछिन ।

धेरै प्रत्यारोपण गरेका र चिकित्सकहरुलाई बुझ्दा १५ लाख भए पुग्ने जानकारी पाएकी उनि केही सहयोग जुटाउन सफल भईन । आयुषाको उपचारमा सहयोग जुटाउन उनलाई मेघा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५ आयुषा पाण्डे वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० र ई सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न अनुरोध गरिन ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ४४ बजे

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न

नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने

एनपिएल विजेतालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल