८ मंसिर २०८१, शनिबार | November 23, 2024

उत्तरार्ध भाग-२



ओर्लिएको जीवनमा रगतको मात्रा घट्ने क्रमले गर्दा शैलेश्वरीको जीवनको नारीजन्य प्राकृतिक फूल पनि सुक्यो । दुबैजनाको रगतले रसिलो ,पोटिलो बनाएको छालाले मासु छोडने, खुम्चीने कृया घाँटी देखि सुंरु भयो । अस्तीका तरुना जोडीको जीवन, हिजो बच्चा उत्पादन गर्ने युवा कारखाना, अनि समयको अधबैंशे प्रौढ हुँदै आज वृद्धत्वको अस्तयतिर ढल्किसकेको थियो । ओरालो लागेको घामजस्तै । पहेंलिएको पातजस्तै । ओइलाएको फूलजस्तै, उनीहरुको गन्तव्यतिर सोझिएको उत्तराद्र्धको जिन्दगी ।

उनका सन्ततिहरुको उमेरको धर्सो पनि उनीहरुकै पदचापलाई पछाउँदै हिडिरहेका थिए, नेपथ्यमा । बुढाबुढीको चिन्तन,दृष्टिकोण,सन्तती प्रतिको अगाध प्र्रेम, ममताको रंङ्गिलो फूलोद्यान भने पूर्ववत नै थियो, स्वच्छ, हराभरा ।

अमाप्य समय आफनै गतिमा अगाडि बढिरहेको थियो, उज्याली अँध्यारी पक्ष,पल,दिन,रात, सप्ताह,महिना,बर्ष, हिउँद,बर्षा ऋतुको रङ्ग फेर्दै । परन्तु उनीहरुले बुनेका भविष्यको सपनाहरुमा खिया लागिरहेको थियो । आयुको पदचाप क्षितिजपारी ढल्किएपछि कुलप्रसाद दम्पत्तिको शारीरिक अवयवहरु उमेर बसेको घोडा जस्तै भयो ।

०००
बुढाबुढीको शक्ति जति क्षीण हुँदै गएको थियो । विवाहघर भित्रिएको करीब दुई बर्षदेखि नाक बज्न लागेको संगोलकी जेठी बुहारीको बोली धारिलो बन्दै आयो । परीआएको केही कामको सहयोग माग्दा उसको मुखबाट आगो निस्कन थाल्यो–“सक्दीन म, आफै गरेहुन्छ” आदि । सोही कुरा जेठो छोरा,‘जसलाई उनीहरुले जिउनी सुम्पेका थिए’ तिर आश सोझाएर विवेक छाम्न खोज्दा भीमप्रसादको अकर्मण्य, कुरुप मानसिकता यसरी उदाङ्गियो–
“उसले काम गर्न लागेको, बेला अलि चर्को स्वर भयो होला । त्यसमा म के गरुँ त ?त्यसो भए भाईहरुकाँ गएर बस्नुस् न त ?”।
बुढाबुढी मर्माहत भए,निःशब्द ।

कथाकार

बुढाले आक्रोस पोखे–“त्यसो भए हाम्रो जिउनीको जग्गा ले, हामी जाँसुकै बसौं । ”
भीमप्रसादले अर्को कर्तव्यचूत जवाफ दियो–“त्यो बरु लैजानुस,जसलाई दिने हो दिनुस ।”
अरुको मन छाम्न बुढाले सोही कुरा माइला,कान्छा छोरालाई बोलाएर वाक्यान्तर गर्दै भने–
“डाडापारीबाट ओरालो लागेका हामी तिमीहरुकाँ आउछौं एउटा कोठा खाली गरो है तिमीहरुको ?”
अरुणले भन्यो–“तपाईकी बुहारीलाई सोध्नु पर्छ” । भनेर स्वास्नीतिर सोझिएको मात्र के थियो,अघिदेखि बुढाको कुरा सुनेर आँखा तीखो पारेकी माइली बुहारी खनिई–

“जिउनी स्याहार्नेहरुले पालिहाल्छन् नि । बुढाबुढीको चाकरी गर्न म सक्दिन ।”
माइलाले कुरा छिन्यो–“सुनिहाल्नु भो,बा । घरको काम गर्ने उही हो । म के भनुँ ?
बुढाले कान्छो बरुणलाई सोधे, कान्छी बुहारी तर्सिएर अग्रिम बार हाल्न आइपुगी–
“म पनि सक्दिन है,पहिले नै भनिदियाछु । बुढाबुढी अझ अशक्त भएर ओछ्यान परे भने कम गाह्रो होला ?”

कुलप्रसाद दम्पत्तिलाई आफना दोश्रो पुस्ताका ती आशाका पूmलहरुबाट दुर्गन्ध निस्केपछि नैराश्यताले झप्प छोप्यो, उनीहरुको मानसपटलमा र भने–“के गर्ने ? बाह्रछोरा तेह्र नाति, मर्ने बेला बुढाको धोक्रो काँधै माथि”भन्या यही रहेछ ।
शिक्षा पाएर पनि शायद, उपयुक्त दीक्षाको अभावमा अधम बनेका वंशरक्षक, अंशाधिकारी कहलिएका सन्तानहरुबाट उनीहरुलाई जीवनको उत्तराद्र्धमा नैराश्यताले बाटो छेक्यो । मानौं सन्तान मोहको मिथ्या, सतहमै देखे,उनीहरुले ।
केही बेर गमेर सोच बनाए,तीर्थ घुमेर आउने ।

बुढाबुढीको जीवनको उर्जावान शरीरमा इन्धन घटेर खुम्चिए पनि सेता कपालमा गुथ्थिएका अनुभूतिका अर्ति गाथाका केही अंश यस्ता थिए–
“ हिड्ने पाइला नजिक भए पनि, हेर्ने दृष्टि अगाडी हुनुपर्छ । बोल्ने बोली मुखमा भए पनि, सोच्ने गम शिरमा हुनुपर्छ । शिक्षाको खुट्किलो उक्लिदै गए पनि, नैतिकताको धरातल विर्स्नु हुदैन । अपर्झटमा आएको आवेशको आगोलाई संंयमताको पानीले भिजाउनु पर्छ । अलिकति मान्छेको शरीर क्षणभङ्गुर भए पनि, जीवनको इतिहास र लक्ष्य मृत्यु परान्तको हुनुपर्छ । पति पत्नी अभिन्न अङ्ग भएकोले उनका बाबुआमा आफनै बाबुआमा हुन् । उनलाई श्रद्धा,सम्मान गरे आफनो गरिमा बढ्छ । जुन नयाँ पिढीले अनुसरण गरुन् ….” अस्तु । कुलप्रसाद आफना सन्ततिलाई सुनाउने गर्थे ।
“बाबु ! “पुग्यो भनेर कहिल्यै नमात्तिनु, गुम्यो भनेर कहिल्यै नआत्तिनु…….” यस्तै भन्थिन शैलेश्वरी ।

०००

शिक्षाले विवेक पलाउनुको सट्टा क्ुनै कुनै मान्छेमा मपाईको दम्भको खग्रासले ढाकेपछि नैतिकता र विवेकताहरु गुमाउँदा रहेछन् । उमेरले वालिग बनाए पनि, मस्तिष्कमा विवेक नछिरेपछि बादलभित्र हराउँदा रहेछन् मान्छेहरु ।

बाबुआमाका पसिनाबाटै शिक्षा हासिल गरेर अधिकृत स्तरको जागिरे धरातलमा टेकेका कुलप्रसादका छोराहरु र ज्ञान शिक्षण पेशामा खुट्टा राखेका बुहारीहरुले पछाडि फर्किएर पुख्र्यौली विगतलाई स्मृतिमा संंगालेर आगत उमार्न सकेनन् । अर्थात घोकन्ते शिक्षाको प्रमाणपत्र बाकेका तिनीहरुले वस्तुगत शिक्षाकोमर्म बुझ्न सकेनन् । जुन उनीहरुकै दुव्र्यवहारले देखाइरहेको थियो ।
०००
कुलप्रसाद–शैलेश्वरी दम्पत्तिलाई दिनानुदिन श्रम मैदानले दुत्कारिरहेको थियो । रगतको बल हुन्जेल जीवन–गाडी चलिरहेको थियो । रगतले बखत र छालाले मासु छोडेपछि थोत्रिएर शीर्ण उनीहरुको शरीरलाई आँगननै प्रदेश बनेको थियो, बोझिलो । मानौं आयुको तीर जीवनको गन्तव्यतिर सोझिइरहेको थियो ।

एकदिन,बुढाबुढीहरु मन्दिर जाने नित्यक्रममा लागेपछि एकान्तमा तीन जोडीको छलफलबाट बाबुआमाको बाँकी जिन्दगीतिर फर्किन सबैले दुत्कारेपछि निस्कर्ष सुनाउदै जेठो भीमप्रसाद–

“त्यसो भए म एउटा निस्कर्ष सुनाउछु सुन सबैले ।
सबैले आँखा कान ठाडा ठाडा पारे,गुदी कुरा सुन्न ।
माइलाले कौतुहल तेर्सायो– ल भन्नुस दाई, तपाईको प्रस्ताव ।

आफनो निस्कर्ष सुनाउदै जेठो भीमप्रसाद– बा आमाको लागि सबैभन्दा उपयुक्त उपाय,काठमाण्डौंको पशुपति वृद्धाश्रम । हामी तीनै दाजुभाई मिलेर एकेक लाख जम्मा गरौं । त्यस मध्ये केही बृद्धाश्रममा जम्मा गरौ बाँकी उहीँ गएपछि बाको हात पारौंलां । कतिपो बाँच्लान र त्यति भए उहाँहरुलाई पुगिहाल्ला नपुगे बृद्धाश्रमले बेहोर्ला नि, खान पिन र औषधी उपचारको लागि । त्यहाँ स्याहार सम्हार गर्ने मान्छे र उपचार गरिदिने डाक्टर पनि हुन्छ रे । त्यति भए बा आमालाई पनि राम्रो हामी पनि झन्झट मुक्त । अब बा आमालाई तीर्थ गर्न जाने प्रोग्राम मिलाएर काठमाण्डौंको पशुपति वृद्धाश्रममा भर्ना गरिदिऔंँ ।
एकमत, खुशीको ताली बज्यो–“आहा ! अति उत्तम विकल्प । ल बरु यो काम छिटै गरिहाल्नुपर्छ । सर्प मर्ने, लट्ठी नभाचिने उपाय । बुढाबुढीले उतै स्याहार पाउने,हामी झन्झट मुक्त ।
०००
मन्दिरमा दर्शन गर्न गएका बुढाबुढी लट्ठी टेक्दै घर आइपुगे । तर घरमा विश्वास र प्रगाढ मायाका सन्तान भनिएकाहरुबाट बुढाबुढीलाई विस्थापन गर्ने कुत्सित खेलहरु भैसकेको थियो, उनीहरुको पिठ्युपछाडिमै ।

नयाँ पिढीमा आदर्श र निष्ठाको खडेरी परेको र आशा र विश्वासमा खिया लागेको बुझेका कुलप्रसादले बोझिलो जिउलाई बरण्डामा ओछ्याइएको लिउमाथि थचक्क विसाउँदै बुढीसंग भने– ”आफनो शरीर आफैलाई भारी हुँदै आकोछ । यो अशक्ततामा जिन्दगीको जाँतो कतिसम्म घुमाउन सकिएला र बुढी ? शरीरका अवयवहरुले छुट्टीखेल्न थालिसके । सन्तानहरुका घृणा, र उपेक्षाले मुटु पोलिरहन्छ । छोरा बुहारीहरु स्याहार गर्नपर्ने हो कि भनेर होला,वास्तै गर्दैनन् । आश्रित भएको जेठाको व्यवहार ऐरेलु जस्तै बन्दै आएकोछ,बुहारीको त झन के कुरा । उनीहरुको मष्तिस्क र कर्मबोधमा कीरा पर्न थालेको छ “जुँगा चल्यो कुरा बुझयो” । यिनीहरुसंगको सहबास मलाई साह्रै बिझाउन थालेकोछ । अलिअलि तडा हुदैमा अलिदिन यसो तीर्थाटनतिर घुमेर आउने हो कि ? त्यसपछि देखाजाला ।”

आफ्नै सन्तानबाट कुलप्रसादको प्रज्वलित उदार भावनाको हत्या भएको थियो । फेरि बोले– “यिनको बगालमा हामी अटाउन सक्दैनौँ । त्यसैले अलिदिन तीर्थ घुमेर आऔँ । श्रम मैदानले हामीलार्ई दुत्ककारी सक्यो । अब कति बाँचिएला र ?

बुढाबुढी तीर्थको योजना बनाउदै थिए । बरुण आएर आफनो कुत्सित योजनाको रहस्यमा मह लाएर गुलियो पार्दै भन्यो—“बा आमा ! तपाईहरु तीर्थ जान खोज्नु भएको होला । ठीकछ, यो वृद्धावस्थामा एक फेरा तीर्थ त जानै पर्नेहो । चिन्ता लिनु पर्दैन । तपाईहरुलाई हामीले नै तीर्थाटन घुमाउन लैजाने व्यवस्था मिलाएका छौं । दुई चार दिनमा जाऔंला । बरु कुन दिन राम्रो हुन्छ ? साइत हेर्नु होला ।

सत्य लोप भएको उसको कुरोको चुरो नबुझेका बुढाबुढीको मनमा अलिकति खुशी खेलेको थियो,छोराले हाम्रो मनको कुरा बुझेछ, भनेर ।

०००
कुलप्रसादले पात्रो पल्टाए । पूर्व तिरको उपयुक्त साइत १० गते बुधबार निकाले । निर्धारित साइतमा तीर्थाटन जान पाउने स्वप्नदृश्यको विश्वासमा झुण्डिदै बुढाबुढी यात्राको लागि मनस्थिति बनाएका उनीहरुले छोरीहरुलाई भेटेर जाने भनेकोले बरुणले दिदीहरुलाई खबर ग¥यो ।
छोरीहरु लक्ष्मीमाया,दिलमाया आ आफना बच्चा च्यापेर पतिका साथमा आए । भेट भयो । उनीहरुका एकेक वटा खोल्साबाट आँशुहरु बगे । शुभ चिन्तक नजिकका गाउँलेहरु पनि तीर्थाटन जाने लागेका बुढाबुढीलाई भेट्न आए, भेट् गरेर गए । । छोरीहरु एकरात माइत बसेर भोलीपल्ट बाबु आमालाई विदा गरेपछि आ आफना घर गए,नेपथ्यको बाहिरै बाट ।

नयाँ सुट्केस ल्याएर दिदै भन्यो–“बा ! तपाईहरुको लुगाफाटो यसमा हाल्नुहोला सबै । तीर्थमा अलि दिन पनि लाग्न सक्छ । त्यसैले सामान चाँहिदो सबै मिलाईदिन्छु, आफूले बोक्न पर्ने हैन के भो र ? पैसा भए सबै बोक्नु होला, बैंकमा भए झिक्नु होला । बाटो खर्च त हामीसंग छदैछ ।”अरुण बरुण ।

भीमप्रसादले दुईवटा भाई अरुण र बरुणलाई खटाएर आफूले बाबु आमालाई ढोग गरेर बिदा ग¥यो । बुहारीहरु,खुशीको उज्यालोलाई दुःखको अँध्यारो आवरण देखाएर ढोङ्गी दण्डवतको पसारे ।

निर्धारित साइत । केही घण्टा हिडेपछि बस यात्रा । यही नै कुलप्रसा, शैलेश्वरीको उत्तराद्र्धको वानप्रस्थी जीवन यात्रा थिायो ।
०००
गन्तव्य,काठमाण्डौं । सन्ध्याकाल । गोंगबु बसपार्क नजिक लजबास… ।
दोश्रो प्रभातकाल । बरुणले बाबुआमालाई मन्दिर घुमाउन लैजान लग्यो ।
बुढाबुढी वागेश्वरी,गुह्येश्वरी हुँदै पशुपति, घुम्न गए,बरुणको साथमा ।

साथमा नगएको अरुण पशुपति बृद्धाश्रमको कार्यालयतिर हान्निएछ । संस्थाको प्रवन्धकसंग वार्ता मिलाएर संस्थाको नियम अनुसार लाग्ने शुल्क दुईजनाको दुई लाख रुपैया जम्मा गरेर बाबुआमालाई पर्खेर बस्यो ।

अन्य मन्दिर घुमेर पशुपतिको दर्शन गरेपछि बरुणले बाबुआमालाई बृद्धाश्रमतिर सोझ्यायो । जहाँ अरुण पहलमानको जत्रो छात्ति पारेर त्यहीँ बसिरहेको थियो ।
सबैजना भेट भए । अन्तमा अरुणले कुत्सित रहस्यको पण्डुरा खोल्यो– “लौ बा आमा ! हामी अब घर जान्छौं । तपाईहरु यहीँ बस्नु होला । बिस्तरा,लुगाफाटा र सामानहरु सबै ल्याइदिएकाछौं । तपाइहरुको लागि पैसा पनि बुझाईदिई सक्याछौँ । यति (पचास हजार) रकम राख्नुस । यहाँ तपाईहरुलाई खान,बस्न । शुद्ध साकाहारी भोजन पाउनुहुन्छ । उपचारको पनि डाक्टर सहितको व्यवस्था छ । चिन्ता नमान्नु होला । हामी पनि बेला बेलामा भेट्न आउँला ।”

यति भनी ढोगको औपचारिकता पु¥याउदै बाबुआमालाई जिउँदै दागबत्ति दिएर छोराहरु घर फर्किदै थिए, कुलप्रसादले उनीहरुलाई रोक्दै भने–
“पख मेरो एउटा कुरा सुनेर जाओ । तिमीहरुको पापी कुत्सित मनमा स्मरण रहिरहोस,कि, कुनै समय कुनै बालकले बाबुलाई “डोको राखिरहनु” भने जस्तै, हामीले तिमीरुलाई झैँ तिमीहरुले उनीहरुलाई माया ,ममता र कामना खन्याएर हुर्काएका ती मुटुका धडकन्हरुले भोली तिमीहरुले हामीलाई झैं जीवनको अन्तिम घडीमा वृद्धाश्रमतिर नधकेलुन् । ल जाउ,नालायक लबस्तराहरु । अब तिमीहरुसंग हाम्रो कुनै साइनोको डोरी छिन्यो ।” छोराहरु एकछिन चुक खाएको मुख लाउदै पुलुक्क हेरेर प्रस्थान भए ।

बुढी शैलेश्वरी, मैना चरीले कहिल्यै नदेखेको गुन्युले छोपिराखेको महिलाकाो नयाँ अङ्ग देखेर झोक्राए जस्तै अक्क न वक्क परेर निःशव्द टोलाइरहिन् ।

कुलप्रसाद दम्पत्तिले छोराहरु जन्मिदा श्रवणकुमारको सपना देखेका थिए । तर अहिले उनका ती छोराहरुको तस्वीर उनको अगाडि राहु, शनिश्चरको छायाँ बनेर ठिङ्ग उभियो । एकछिन ,अन्यमनस्कमा ट्वाल्ल परेर उभिरहे,उनीहरुको प्रस्थानलाई हेर्दै ।

उदारवादी बुढा कुलप्रसादको धीरतामा छोराहरुको नीचताले बेस्सरी घोच्यो । अनि बुढीलाई सहानुभूति दिदै भने–

हामीले माया दियौं, उनीहरुले हामीलाई मुड्की दिए ।
हामीले शीतल ममता दियौं,उनीहरुले मुटु छेड्ने बाँण दिए ।
हामीले आँखा खोल्ने शिक्षा दियौं, उनीहरुले जिन्दगीको पटाक्षेप दिए ।
हामीले सारा सम्पत्ति दियौं, उनीहरुले वितृष्णा दिए ।
हामीले उनीहरुलाई जीवन दियौं, उनीहरुले हामीलाई जिवित मृत्यु दिए ।

अब हाम्रो माया मोहको भारले लादिएको यो जिन्दगीको पानी जहाजलाई किनारमा छोडेर अर्कै जहाज समाउने हो, हाम्रो अस्ताउन लागेको उत्तराद्र्धको जीवन बिसाउन । मसंग हिङ बानेको टालोछ,पछिसम्म बास्ना सुङन पुगिहाल्ला ।

०००

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : २४ बजे

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’ मा राख्न सिफारिस

काठमाडौं । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको

काठमाडौं महानगरपालिकामा करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने