२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

मुस्लिम पर्व बकरईदका दिन परीक्षा स्थगित गर्न त्रिभुवन विश्व बिद्यालयसँग मुस्लिम अगुवाको माग



नेपालगन्ज । सरकारले मुस्लिम समुदायको पर्व बकरईदको अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेपनि सरकारी स्वामित्वमा रहेको त्रिभुवन विश्व बिद्यालय लगायतका शैक्षिक संस्थाहरुले पूर्व निर्धारण गरेको परीक्षा स्थगित नगरेको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले बिदा दिएपनि सरकारी कलेज र बिद्यालयमा परीक्षा संचालन हुँदा मुस्लिम विद्यार्थीहरुले घर बसेर पर्व मनाउन नपाउने भएको बताएका छन् ।

त्रिभुवन विश्व बिद्यालयले विभिन्न संकायमा ३ र ४ वर्षे स्नातकको बैशाखमा स्थगित भएको परीक्षा साउन ५ गतेबाट ८ गते सम्म लिने गरि परीक्षा तालिका सार्वजानिक गरेको छ । जीभीएन कलेज नेपालगन्जले पनि सोही समयमा परीक्षा तालिका निकालेको छ ।

सरकारले सार्वजनिक बिदाको घोषणा गरेपनि बिदाको दिन परीक्षा दिन जान परेपछि बिद्यार्थीहरुका लागि बिदाको अर्थ नराख्ने नेपालगन्जका मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए । ‘चाडपर्वमा सबैभन्दा बढी रमाउने नै बिद्यार्थी केटाकेटी हुन्, उनीहरुले नै पर्व मनाउन पाउने भएनन् ।’ उनले भने ।

सरकारले बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्व बिद्यालयले भने परीक्षा स्थगितको सूचना प्रकाशित गरेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ५४ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको