५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

बङ्गलादेशबाट आइपुग्यो सबै मल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार-सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ ।

कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो । सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

उनले भने, “अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइसकेको छ । ”

सम्झौताकै क्रममा ५ प्रतिशत तलमाथि (माइनस-प्लस) हुनेगरी सम्झौता भएको हुन्छ । आवश्यकता अनुसार ५ प्रतिशत मल कम हुनसक्छ वा बढी हुनसक्छ । नेपाल सरकारलाई सस्तो लागेर दुई हजार मेट्रिक टन मल ल्याइएको हो ।

२०७७ को धान सिजनमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले बङ्गलादेशबाट पैँचोमा मल ल्याउने भनी कुराकानी अगाडि बढाएका थिए ।

कुरा सकारात्मक रूपमा अगाडि बढेपछि भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग फोनमा संवाद गरी पैँचोमा मल ल्याउने सुनिश्चित गरेका थिए ।

बङ्गलादेश मल दिन तयार भएपछि २०७७ असोजमा मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरी मल ल्याउने प्रक्रिया सुरु गर्न कृषि मन्त्रालयलाई सैद्धान्तिक अधिकार दिएको थियो ।

कृषि मन्त्रालयले प्रक्रिया सुरु गरेको एक महिनामा नै बङ्गलादेशले पैँचो मल दिन नसकिने बरु खरिद गर्नसके मात्र सहयोग गर्ने भनेर कृषि मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसपछि कृषि मन्त्रालयले खरिद गरेर नै मल ल्याउने भनि बङ्गलादेशसँग संवाद सुरु ग¥यो । पत्रको आदानप्रदान भयो ।

विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठक पनि भयो । बल्ल बङ्गलादेशले मल दिन तयार भए पनि कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लग्यो । मन्त्रिपरिषद्ले जीटुजीमार्फत बङ्गलादेशसँग मल खरिद गर्न सैद्धान्तिक अधिकार दियो । सो अधिकारबमोजिम कृषि मन्त्रालयले प्रक्रिया सुरु ग¥यो ।

२०७७ पुस २ गते मात्र युरिया मल ल्याउने भनी नेपाल र बङ्गलादेशबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापछि मल ल्याउन प्रक्रिया सुरु भएको सात महिनापछि मात्र सम्पूर्ण मल नेपाल आइपुगेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका कार्यकारी निर्देशक नेत्र भण्डारीले बङ्गलादेशले यसरी पहिलो पटक अरू देशलाई मल बिक्री गरेका कारण प्रक्रिया बुझ्दै गरेकाले थोरै ढिलो भएको बताए ।

कोरोना महामारीका कारण पनि मल आउनमा थोरै ढिलाइ भएको हो तर यसलाई खासै ढिलो भन्न नसकिने उनले बताए तर बङ्गलादेशबाट मल खरिद गर्दा नेपाललाई थुप्रै फाइदा भएको उनले बताए ।

उनले भने, “मलको अन्तर्राष्ट्रिय मूल्य दिनदिनै वृद्धि भइरहेको छ तर बङ्गलादेशले हामीलाई पुरानै मूल्यमा सबै मल उपलब्ध गराएको छ । सुरुमा हामीलाई शङ्का लागेको थियो कि मूल्य वृद्धि भएपछि केही आनाकानी हुन्छ कि तर त्यस्तो केही भएन । सामान्य ढुवानीमा तथा कानुनी प्रक्रियामा केही ढिला भयो, अरू सबै काम समयमा पूरा गरी मल ल्याउन सफल भयौँ । ” उनले आवश्यक प¥यो भने त्यो देशले थप मल दिनसक्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३७ बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको