५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

रोटरी तिलोत्तमा रुपन्देहीमा चापागाई



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वर्ष २०२१/२०२२ अध्यक्षमा विष्णु प्रसाद चापागाई निर्वाचित भएका छन ।

११ औं पद स्थापन तथा धन्यबाद ज्ञापन कार्यक्रममा क्लबको वर्ष २०२०/२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले वर्ष २०२१/२०२२ अध्यक्ष विष्णु प्रसाद चापागाईलाई पद तथा क्लबको मेडल, बेल, माईन्युड हस्तान्तरण गरेका हुन ।

वर्ष २०२१/२०२२ को सचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा देविराम पाण्डे निर्वाचित भएका छन । जोन २८ का वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवि गुरुङले अध्यक्ष चापागाईलाई तथा अध्यक्ष चापागाईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष चापागाईले आगामी वर्षभरि क्लबको वार्षिक कार्ययोजना र कार्यक्रमको जानकारी गराउदै प्रतिवद्घता जनाए ।

कार्यक्रममा जोन २१ का एजी वर्ष २०२०/०२१ का एजी हरि प्रसाद पौडेलले क्लबका सदस्यहरु केवल पैसामात्र नभई समय, ब्यवसायिक दक्षताबाट सहयोग दिन सकिने बताए ।

सर्भिस प्रोजेक्ट महत्वपुर्ण प्रकाश पार्दै रोटरी ग्लोबल ग्राण्डमा जम्मा गरिएको योगदानको धेरेै गुणा फेरि सामाजिक क्षेत्रमा लगानी गराउन सकिने बताए । यसतर्फ अघि बढ्न सुझाव उनले दिए ।

वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवि गुरुङले क्लबबाट धेरै रचनात्मक योगदान दिएर फरक पहिचान बनाउन सफल भएको भन्दै सर्भिस प्रोजेक्ट र टिआरएफमा समेत योगदानका लागि अगाडि बढाउन सुझाव दिएन ।

क्लबमा पुर्व अध्यक्ष तथा जोन २१ का पुर्व एजी खिमानन्द भुषाल, पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा, बालकृष्ण अर्याल, ओमप्रसाद अर्याल, क्लबका भिईपी विष्णु भण्डारी, वर्ष २०२०/२०२१ का सचिव दिपक भट्टराई, २०२०/२०२१ का कोषाध्यक्ष निरज श्रेष्ठ, क्लबका सदस्य भगवती अर्यालले वर्ष २०२०/२१ को वर्ष कोभिड संक्रमणका कारण धेरै कठिनाई उत्पन्न भएपनि महत्वपुर्ण कार्य भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ५८ बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको