१९ पुस २०८१, शुक्रबार | January 3, 2025

मेलम्ची–१ का जनप्रतिनिधिद्वारा राहत कोषमा रकम जम्मा



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

कोषमा वडाध्यक्ष चौलागाईंले रु २६ हजार ७३० जम्मा गर्नेछन् । कार्यपालिका सदस्य सावित्री कार्कीले रु १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति रु नौ हजार ९०० कोषमा जम्मा गर्नेछन् ।

यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु-याएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ३४ बजे

एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत

काठमाडौं । संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को

शनिबार बुटवलमा मिनी म्याराथन हुने

बुटवल । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नारासहिछ बुटवलमा शनिबार

गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

बझाङ । मष्टा गाउँपालिका-१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

भारत । भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर